बेलायतमा नयाँ प्रधानमन्त्री बन्न कन्जरभेटिभ पार्टीमा होड शुरु « Khabarhub

बेलायतमा नयाँ प्रधानमन्त्री बन्न कन्जरभेटिभ पार्टीमा होड शुरु


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायतका प्रधानमन्त्री टेरिजा मेले सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा दिएसँगै अब बेलायतमा नयाँ प्रधानमन्त्री चयनको होड शुरु भएको छ ।

सत्तारुढ दलको संसदीय नेता नै प्रधानमन्त्री बन्ने प्रावधान रहेकाले मेको भूमिका अब कामचलाउन प्रधानमन्त्रीमा मात्र सिमित हुने जनाइएको छ । मेको ठाउँमा आगामी महिनाको अन्त्यसम्म कन्जरभेटिभ पार्टी अर्को संसदीय दलको नेता चयन गर्ने छ ।

आगामी प्रधानमन्त्री बन्ने होडमा कन्जरभेटिभ पार्टीका ११ नेता छन् ।

बेलायत युरोपेली युनियन ईयूबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटबारे मेले ल्याएको प्रस्ताव पटक-पटकसम्म असफल भएपछि उनले राजीनामा दिने यसअघि नै घोषणा गरिसकेकी थिइन् ।

प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताउनुभएको थियो ।

मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ११ : ०१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले