समृद्ध नेपालको अभियान पूरा गर्न खानेपानी र सरसफाइलाई सँगै लैजानु पर्छः मन्त्री मगर | Khabarhub Khabarhub

समृद्ध नेपालको अभियान पूरा गर्न खानेपानी र सरसफाइलाई सँगै लैजानु पर्छः मन्त्री मगर


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खानेपानी मन्त्री बिना मगरले खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पूरा हुन नसक्ने बताएकी छिन् । बढ्दो जनसंख्या र सहरीकरणका कारण वातावरण दिनदिनै दूषित हुँदै गईरहेको बताउँदै मन्त्री मगरले सरसफाई अभियानलाई पनि उत्तिकै प्राथमिकता दिएर अगाडि बढ्नु पर्नेमा जोड दिइन् । नेपाल नगरपालिका संघले शनिबार काठमाडौंको बसन्तपुर दरबार स्वायरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ मेलाको उद्घाटन गर्दै मन्त्री मगरले नेपाललाई आउँदो आर्थिक वर्ष खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने अभियानमा मन्त्रालय जुटेको जानकारी दिइन् ।

यस्तै, उनले हरेक गाउँ बस्ती र सहर बजारका जनतालाई तीन वर्षभित्र शतप्रतिशत आधारभूत स्तरको खानेपानी सेवा पुर्‍याउन मन्त्रालय संकल्पसहित अघि बढेको पनि बताइन् । आगामी आर्थिक वर्ष ९२ प्रतिशत र तीन वर्ष भित्र शत प्रतिशत जनसंख्यालाई खानेपानी सेवा पुर्‍याउने लक्ष्य रहेपनि सबैसँगको सहकार्यमा उक्त लक्ष्य पूरा गर्न सकिने उनको भनाई छ । मन्त्री मगरले सबै जनतालाई खानेपानीको पहुँच पुर्‍याउने अभियानमा केन्द्र, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रतिबद्धता र हातेमालोको आवश्यकता रहेको औँल्याइन् ।

कार्यक्रममा खानेपानी मन्त्री मगरले भनिन्, ‘एकातिर सबै जनतालाई खानेपानी पुर्‍याउनु पर्ने चुनौति छ भने अर्कोतर्फ पूर्ण सरसफाइको कार्यक्रमलाई पनि संगै अगाडि लैजानुपर्नेछ । खानेपानी र सरसफाइलाई अलग राखेर समृद्ध नेपालको अभियान पुरा हुन सक्दैन ।’

कार्यक्रममा नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगर प्रमुख (मेयर) अशोककुमार ब्याञ्जु श्रेष्ठले खानेपानी र सरसफाइका कार्यक्रम तथा योजनाहरुलाई बढी प्राथमिकता दिएर अघि बढ्न नेपाल सरकारलाई आग्रह गरे । नगर प्रमुख श्रेष्ठले कुनै पनि नगरपालिका र गाउँपालिकाका जनताले प्रशोधित स्वच्छ खानेपानी पिउन नपाएको र कुनैपनि स्थानीय निकाय सफा नभएको गुनासो गरे । खानेपानीका आयोजनाहरु सञ्चालन गर्न र फोहोर व्यवस्थापनमा नेपाल सरकारसँग सहकार्य गरेर अघि बढ्न सबै नगरपालिकाहरु तयार रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ४ : ११ बजे

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट

बाटो ढुकेर सिरहाका अमितले हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली

झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ घोषणा 

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय

जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै

काठमाडौं- सरकारले आउँदो जेठ १३ गतेदेखि देशभरका बालबालिकालाई पोलियोविरुद्धको खोप

झापामा हात्तीपाइले विरुद्धको औषधी खाएकी एक वृद्धाको मृत्यु

झापा-  झापामा हात्तीपाइले रोगविरुद्धको औषधी खाएपछि एक जना वृद्धाको मृत्यु