नारीका यी स्वभावले बिग्रन्छ घर परिवार « Khabarhub

नारीका यी स्वभावले बिग्रन्छ घर परिवार


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

भनिन्छ कुनैपनि घरको सौभाग्य भनेको नारी हो । असल नारी घरमा छिन् भने त्यो घर स्वर्गसमान हुन्छ । तर, दुष्ट नारी भएको घर सँधै झगडाको अखडा बन्छ । धर्मशास्त्र अनुसार पनि असल स्वभावकी श्रीमती भएको घरमा सँधै शान्ती मिल्छ ।

तर, कतिपय नारीहरुको स्वभाव यस्तो हुन्छ, जसका कारण एक अर्काको जीवन नर्क बनाइरहेको हुन्छ । यसो भन्दैमा पुरुष चाहिं खराव हुँदैनन भन्ने होइन तर, आज हामीले यहाँ चर्चा गर्न खोजेको विषय नारीको हो । तल केही स्वभावहरु उल्लेख गरिएको छ । जुन व्यवहार छ भने नारीहरुले असल घरबारका लागि तत्काल आफ्नो स्वभाग सुधार्नु राम्रो हुन्छ ।

नमिठो बोल्ने : भनिन्छ वचनको वाण निकै घातक हुन्छ । चर्को स्वरले सम्बन्ध विगार्न सक्छ । त्यसैले मीठो र भद्र वचन बोल्ने महिला सौभाग्यवती मानिन्छन् ।

पैसाका लागि जे गर्न पनी तयार हुने : श्रीमानले सधैं पैसा मात्रै कमाओस् भन्ने सोंच भएका महिलाहरुले पनि हरेक पुरुषलाई पैसा कमाउने मेशिनबाहेक अरु केही ठान्दैनन् । जसले प्रेम, समर्पण तथा बफादारितालाई खरानी बनाउन्छ र जीवन नै उदास बनाइदिन्छ ।

हस्तक्षेपकारी भूमीका : केही महिलाले पुरुषले गरेका हरेक काममा हस्तक्षेप गर्न खोज्छन् । त्यो गलत हो त्यस्तो कार्यले पनि पुरुषको जीवन बरबाद बनाउन सक्छ ।

रुञ्चे : सामान्य कुरामा पनि रुने स्वभावका महिलाले पनि पुरुषको जीवनलाई नराम्रो असर पारिरहेका हुन्छन् ।

श्रीमानलाई आफ्नोमात्रै ठान्ने : यस प्रकारको स्वार्थी सोंच राख्ने महिलाले पुरुषको सार्वजनिक जीवन नै बरबाद बनाइरहेका हुन्छन् । महिलाहरुको त्यही स्वभावका कारण हरेक पुरुष आफ्ना बाबु, आमा, इष्टमित्र, साथीभाई तथा सहकर्मीबाट नचाहेरै पनि टाढा हुन बाध्य हुन्छन् ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ७ : ४२ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु