गण्डकी प्रदेश– घटनामा तीनको मृत्यु « Khabarhub

गण्डकी प्रदेश– घटनामा तीनको मृत्यु


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशमा आज छुट्टाछुट्टै घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कास्की, मनाङ र स्याङ्जा जिल्लामा भएका घटनामा दुई महिलासहित तीनको मृत्यु भएको हो । पोखरा महानगरपालिका–११ फूलबारीमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

निर्माणाधीन घरमा पानी तान्ने मोटरको तार छुटाउन खोज्दा करेन्ट लागेर घाइते भएका पोखरा भद्रकाली बस्ने १८ वर्षीय मजदुर प्रवीण नेपालीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी मनाङ जिल्लाको नार्फा भूमि गाउँपालिका–२ की ३४ वर्षीया ढोल्पा नाङसेङ लामाको भीरबाट खसेर मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलन गर्ने क्रममा सोही स्थानको ध्याङसेङको भीरबाट लगभग ८०० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  ८ : १२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन