अब भाषण र कुरा होइन, कामको आवश्यकता छ– पूर्वप्रधानमन्त्री नेपाल « Khabarhub

अब भाषण र कुरा होइन, कामको आवश्यकता छ– पूर्वप्रधानमन्त्री नेपाल


२५ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जापानले जस्तै हामीले पनि प्रकृति र इतिहासप्रति गौरव गर्दै संरक्षण र सम्मान गर्ने संस्कार विकास गर्न आवश्यक रहेको बताएका छन् ।

डा रामप्रसाद दाहालको कृति ‘आँखामा जापान’ नियात्राको शनिवार आयोजित कार्यक्रममा लोकार्पण गर्दै उनले भने “मन्दिर होस् वा दरबार ऐतिहासिक प्रत्येक चिजलाई उनीहरुले सम्मान र संरक्षण गरेकै कारण ती क्षेत्र पर्यटकको केन्द्र बन्न सफल भएका हुन् ।”

जापानी जनताको अत्यन्तै मेहनत, विनम्र र मिलनसार संस्कार हामीले सिक्नैपर्नेमा जोड दिँदै वरिष्ठ नेता नेपालले भने“त्यहाँका जनताको मेहनत, उद्यमशीलता, लगनशीलता, अनुशासन र राष्ट्रप्रेमको भावनाले जापानलाई छोटो समयमै चमत्कारीरुपमा विकासको शिखरमा पु¥याएको छ, उनीहरु जे चिताउँछन्, त्यो तत्कालै पूरा गरेरै देखाउँछन् ।”

मुलुकमा अहिले धेरै ठूलो परिवर्तनको खाँचो रहेको बताउँदै उनले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका लागि अब ढिलाइ गर्न नहुने बताए ।

पूर्वप्रधानमन्त्री नेपालले भने, “अब भाषण र कुरा होइन, कामको आवश्यकता छ, मुलुकमा विकास निर्माणको काम छिटो हुने परिस्थिति निर्माण गर्नुपर्छ, काममा सङ्गति मिलाउनुपर्छ, अनुगमन प्रभावकारी तुल्याउनुपर्छ ।”

प्रकाशित मिति : २५ जेठ २०७६, शनिबार  १० : ०९ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा