बिहे अगाबै बच्चा जन्माएकी यी अभिनेत्री भन्छिन्– मेरो ३ वर्षकी छोरी छ « Khabarhub

बिहे अगाबै बच्चा जन्माएकी यी अभिनेत्री भन्छिन्– मेरो ३ वर्षकी छोरी छ


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एक चर्चित नायिकाले विवाह नै नगरी आमा बनेपछि उनको भारतभर चर्चा छ । उनले सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनी आमा बनेको झण्डै तीन वर्ष पुग्न लागेपनि विबाह अगावै सन्तान जन्माएको विषय भने हालै सार्वजनिक भएको हो ।

अविवाहित नायिकाले आफूसँग तीन वर्षकी छोरी रहेको बताएपछि धेरैलाई अचम्म लागेको छ । ती नायिका हुनु, माही गिल । आफू अविवाहित रहेरै छोरीलाई जन्म दिएको र अब भने विवाह गर्ने सोच बनाएको उनले बताएकी छन् ।

नवभारत टाइम्समा हालै प्रकाशित उनको अन्तर्वार्तामा बच्चा आफ्ना प्रेमीको भएको र उनी व्यापारका सिलसिलामा गोवामा रहने गरेको बताएकी छन् ।

प्रेमी गोवामा भएकैले आफू बारम्बार गोवा आउजाउ गर्ने गरेको उनले सो अन्तर्वार्तामा प्रष्ट पारेकी छिन् । छोरी र प्रेमीप्रति आफूले गर्व गर्ने बताइन् ।

एक प्रश्नको जवाफमा उनले भनेकी छन्, ‘मेरी छोरी आगामी अगष्टमा तीन वर्षकी हुँदैछिन् । यसबारे मलाई कसैले सोधेन र बताइनँ पनि । अहिले सोधियो बताएँ ।’ विवाह नगरी सन्तान जन्माउनु सामान्य भएको उनको भनाइ छ । ‘विवाह नै नगरी सन्तान जन्माउनु स्वभाविक हो’, उनले भनेकी छन्, ‘मलाई यसमा कुनै समस्या लागिरहेको छैन । यो हरेक मानिसको निजी जीवन हुन्छ । यो पनि मेरो निजी जीवनको सवाल हो ।’

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : २४ बजे

खगेन्द्र सुनारलाई रास्वपाको निर्देशनः सार्वजनिक मर्यादा कायम राख्नु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता खगेन्द्र सुनारको

जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च

टोकियो – जापानमा बालबालिकाको आत्महत्या दर उच्च देखिएको छ ।

विकासको अगुवाइ गर्ने नेतृत्व पर्खिरहेको बागलुङ–२

गण्डकी – बागलुङ दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा बाँडिएको छ ।

भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रम (इन-स्पान) को पहिलो समूह दीक्षित

काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (इन-स्पान) अन्तर्गतको पहिलो समूहको दीक्षान्त