बिहे अगाबै बच्चा जन्माएकी यी अभिनेत्री भन्छिन्– मेरो ३ वर्षकी छोरी छ « Khabarhub

बिहे अगाबै बच्चा जन्माएकी यी अभिनेत्री भन्छिन्– मेरो ३ वर्षकी छोरी छ


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एक चर्चित नायिकाले विवाह नै नगरी आमा बनेपछि उनको भारतभर चर्चा छ । उनले सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । उनी आमा बनेको झण्डै तीन वर्ष पुग्न लागेपनि विबाह अगावै सन्तान जन्माएको विषय भने हालै सार्वजनिक भएको हो ।

अविवाहित नायिकाले आफूसँग तीन वर्षकी छोरी रहेको बताएपछि धेरैलाई अचम्म लागेको छ । ती नायिका हुनु, माही गिल । आफू अविवाहित रहेरै छोरीलाई जन्म दिएको र अब भने विवाह गर्ने सोच बनाएको उनले बताएकी छन् ।

नवभारत टाइम्समा हालै प्रकाशित उनको अन्तर्वार्तामा बच्चा आफ्ना प्रेमीको भएको र उनी व्यापारका सिलसिलामा गोवामा रहने गरेको बताएकी छन् ।

प्रेमी गोवामा भएकैले आफू बारम्बार गोवा आउजाउ गर्ने गरेको उनले सो अन्तर्वार्तामा प्रष्ट पारेकी छिन् । छोरी र प्रेमीप्रति आफूले गर्व गर्ने बताइन् ।

एक प्रश्नको जवाफमा उनले भनेकी छन्, ‘मेरी छोरी आगामी अगष्टमा तीन वर्षकी हुँदैछिन् । यसबारे मलाई कसैले सोधेन र बताइनँ पनि । अहिले सोधियो बताएँ ।’ विवाह नगरी सन्तान जन्माउनु सामान्य भएको उनको भनाइ छ । ‘विवाह नै नगरी सन्तान जन्माउनु स्वभाविक हो’, उनले भनेकी छन्, ‘मलाई यसमा कुनै समस्या लागिरहेको छैन । यो हरेक मानिसको निजी जीवन हुन्छ । यो पनि मेरो निजी जीवनको सवाल हो ।’

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ७ : २४ बजे

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना