लागुऔषधसहित तीन युवक पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित तीन युवक पक्राउ


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरी टोलीले सिरहाको नवराजपुर गाउँपालिका–३ बाट लागुऔषधसहित लहान नगरपालिका–२ निवासी २५ वर्षीय मोहम्द छटु मियाँ र २३ वर्षीय मोहम्द अमिर मियाँलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैको साथबाट डाइजिल्याव ५५ एम्पुल, नोफिन ५५ एम्पुल, फेनरागन ५५ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

यस्तै प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–१० निवासी २० वर्षीय खेमराज विकलाई पक्राउ गरेको छ ।

बरियारपट्टीबाट बा२ख नंको यात्रुवाहक बसमा यात्रा गरिरहेको अवस्थामा शङ्का लागेर जाँच गर्दा विकको साथबाट लागुऔषध नरफिङ नाम लेखिएको आठ थान, फेनरागन नौ थान, डाइजोपाम आठ थान, सिरिन्ज निडिल दुई थान, हुक्का एक थान बरामद भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले सिरहा नगरपालिका–१५ बाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा रु २५ हजारभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १० : २७ बजे

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ