लागुऔषधसहित तीन युवक पक्राउ « Khabarhub

लागुऔषधसहित तीन युवक पक्राउ


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी झाझपट्टीबाट खटिएको प्रहरी टोलीले सिरहाको नवराजपुर गाउँपालिका–३ बाट लागुऔषधसहित लहान नगरपालिका–२ निवासी २५ वर्षीय मोहम्द छटु मियाँ र २३ वर्षीय मोहम्द अमिर मियाँलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैको साथबाट डाइजिल्याव ५५ एम्पुल, नोफिन ५५ एम्पुल, फेनरागन ५५ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

यस्तै प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–१० निवासी २० वर्षीय खेमराज विकलाई पक्राउ गरेको छ ।

बरियारपट्टीबाट बा२ख नंको यात्रुवाहक बसमा यात्रा गरिरहेको अवस्थामा शङ्का लागेर जाँच गर्दा विकको साथबाट लागुऔषध नरफिङ नाम लेखिएको आठ थान, फेनरागन नौ थान, डाइजोपाम आठ थान, सिरिन्ज निडिल दुई थान, हुक्का एक थान बरामद भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले सिरहा नगरपालिका–१५ बाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा रु २५ हजारभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १० : २७ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी