मलेसियाद्वारा नेपाललाई ८८ रनको लक्ष्य « Khabarhub

मलेसियाद्वारा नेपाललाई ८८ रनको लक्ष्य


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ८८ रनको झिनो लक्ष्य दिएको छ ।

मलेसियाको किन्नरा ओभलमा भइरहेको खेलमा मलेसियाले ४०.५ ओभर खेलेर सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाएपछि नेपालले ८८ रनको लक्ष्य पाएको हो ।

मलेसियाविरुद्ध सागर ढकाल र कुसल मल्लले कसिलो बलिङ गरे । यता, टस हारेर पहिलो ब्याटिङ गरेको मलेसियालेका लागि भने कुनै पनि खेलाडीले २५ रन बनाउन सकेनन् । मलेसियाका लागि मोहम्मद अमिरले २४ रन बनाउँदा अन्य ब्याट्सम्यानले २० रन पनि जोड्न सकेनन् ।

मलेसियाविरुद्ध टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सागरले तीन र मल्लले दुई विकेट लिँदा राशिद खान, तिलक भण्डारी र कमलसिंह ऐरीले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १० : ३९ बजे

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी