पूर्व गृहमन्त्री शर्माको प्रस्ताव– प्रदेश प्रहरीको प्रमुख एआईजी हुनुपर्छ | Khabarhub Khabarhub

पूर्व गृहमन्त्री शर्माको प्रस्ताव– प्रदेश प्रहरीको प्रमुख एआईजी हुनुपर्छ


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व गृहमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अगाडि सारेका छन् ।

प्रदेश प्रहरी प्रमुख पनि नेपाल प्रहरीको प्रमुख (महानिरीक्षक) बन्न पाउने व्यवस्थाका लागि पनि एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाइनुपर्ने नेता शर्माको भनाइ छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै शर्माले प्रदेशका अन्य प्रहरी दर्जाको नियुक्ति प्रदेश प्रहरीले गर्न पाउनु पर्ने प्रस्ताव पनि अगाडि सारे ।

मुलुक संघीयतामा गएकाले प्रमुख बाहेकका प्रदेश प्रहरीको अन्य पदमा नियुक्त गर्ने अधिकार प्रदेश प्रहरीलाई दिन उपयुक्त हुने शर्माको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले भने प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई नै प्रदेश प्रहरी प्रमुख बनाउने सरकारको प्रस्तावमा सहमति जनाएका छन् । प्रदेश प्रमुख बाहेकका अन्य पदहरुमा भने प्रदेश प्रहरीले नियुक्ती गर्ने कानूनी व्यवस्था हुनुपर्ने बडुको भनाइ छ ।

समितिमा पेश गरिएको विधेयकमा भने प्रहरी नायव महानिरीक्षक (डिआईजी)लाई प्रदेश प्रहरी प्रमुख बनाइने प्रावधान राखिएको छ । अहिले पनि प्रदेश प्रहरीको नृतृत्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) नै गर्ने व्यवस्था छ ।

प्रहरी नायव निरीक्षक (डिआईजी) राजपत्रांकित प्रथम श्रेणीको अधिकृत हुन्छ भने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विशिष्ट श्रेणीको अधिकृत हुन्छ । प्रशासनविद्हरु पनि प्रदेश प्रहरीको प्रमुख डिआईजी नै हुनुपर्ने तर्क गर्छन् । खबरहबको सम्पर्कमा आएका एक प्रशासनविद्ले प्रदेश प्रहरी परिचालन गर्ने प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव पनि राजपत्रांकित प्रथम श्रेणी (सहसचिवस्तर)को अधिकृत हुने भएकाले प्रहरी प्रमुख पनि डिआईजी नै हुनुपर्ने बताए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १२ : ५४ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोदार– धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद दीपक खड्काले