निजी क्षेत्रलाई पारमाणविक भट्टी सञ्चालन गर्ने अनुमति नदिन विज्ञहरुको सुझाव | Khabarhub Khabarhub

निजी क्षेत्रलाई पारमाणविक भट्टी सञ्चालन गर्ने अनुमति नदिन विज्ञहरुको सुझाव


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञहरुले पारमाणविक भट्टी केन्द्र सञ्चालनका लागि निजी क्षेत्रलाई अनुमति नदिन सरकारलाई सचेत गराएका छन् ।

प्राध्यापक सुरेन्द्रप्रसाद पण्डित र चिकित्सक शान्तलाल श्रेष्ठले ठूल्ठूला युद्धमा प्रयोग हुने पारमाणविक भट्टी सञ्चालन गर्ने अधिकार सरकारमा मात्रै निहीत हुनुपर्ने पनि बताएका छन् ।

प्राध्यापक पण्डितले भारत र चीनजस्ता दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपालका लागि पारमाणविक भट्टीको स्थापना र संचालन संवेदनशील विषय भएकाले त्यसतर्फ सरकारलाई गम्भिर भएर सोच्न पनि आग्रह गरे ।

युद्धमा मानव संहार गर्ने त्यस्ता खालका भट्टीहरु दुरुपयोग हुन नदिन सरकारले कडा निगरानी राख्नुपर्ने उनको भनाइ थियो ।

सोमबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘पारमाणविक तथा रेडियाधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै प्राध्यापक पण्डितले नेपालले पनि पारमाणविक भट्टी स्थापना गर्न सक्ने तर त्यसका लागि कडा नियमनकारी निकायको व्यवस्था हुनुपर्ने पनि बताए ।

बैठकमा चिकित्सक शान्तलाल श्रेष्ठले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोगका लागि ल्याइएको विधेयक सही भएपनि पारमाणविक भट्टी स्थापना गर्ने सम्बन्धमा विधेयकमा समावेश गरिएको प्रावधान भने उचित नभएको बताए ।

पारमाणविक भट्टी स्थापना गर्न निजी क्षेत्रलाई दिने विधेयकको प्रावधान मान्य नहुने पनि स्पष्ट पारे ।

विधेयकमा पारमाणविक भट्टी निजी क्षेत्रले पनि संचालन गर्न सक्ने प्रावधान राखिएको छ । त्यसप्रति विज्ञहरुको आपत्ति छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ३ : ०२ बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग