‘मिसन मंगल’ मा यस्तो हुनेछ अक्षय कुमारको भूमिका | Khabarhub Khabarhub

‘मिसन मंगल’ मा यस्तो हुनेछ अक्षय कुमारको भूमिका


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – केही दिन पहिले बलिउड अभिनेता अक्षय कुमारले सामाजिक सञ्जालमा एक नोट शेयर गरे । जसमा लेखिएको थियो, ‘हलिउड पछिल्ला वर्षमा स्टार ट्रेक, स्टार वार्स र ग्राभिटीजस्ता फिल्म बनाइरहेको छ, जसले पूरै पिँढी, आविष्कारकर्ता र वैज्ञानिकलाई प्रेरित गर्‍यो, मैले पनि सधैँ यस्तै फिल्ममा काम गर्न चाहेको थिएँ, मेरो लागि ‘मिसन मंगल’ त्यही फिल्म हो ।’

अक्षय कुमारले अगाडि लेखे, ‘यो फिल्म विशेष गरेर आफ्नी छोरीका लागि गर्न चाहन्छु, ताकि उसको उमेरका बच्चाले भारतको मंगल मिसनको वास्तविकता थाहा पाउन् ।’

जब यो फिल्मको घोषणा भयो, त्यतिबेला देखि नै यो फिल्ममा विद्या बालन, सोनाक्षी सिन्हा, तापसी पन्नु, नित्या मेनन, कीर्ति कुल्हाडी र शरमन जोशीको भूमिका रहनेछ भनेर चर्चा गरिएको थियो । हालै मात्र अक्षय कुमारले यो फिल्ममा काम गर्ने जानकारी बाहिर आएको हो । फिल्ममा अक्षय कुमारको महत्त्वपूर्ण भूमिका हुनेछ ।

यो फिल्ममा अक्षय कुमारले इन्डियन रिसर्च अर्गनाइजेशनका एक सिनियर वैज्ञानिकको भूमिका निभाउने छन्, जसले मंगल मिसनमा रहेर अर्बिटका लागि काम गरेका थिए ।

भारतीय मिडियाका अनुसार फिल्ममा अक्षय कुमारको भूमिका युवापुस्तालाई प्रेरित गर्ने खालको हुनेछ । यो फिल्म वास्तविक कहानीमा आधारित हुनेछ । फिल्मले केही रचनात्मक स्वतन्त्रताबाहेक अरु कुरालाई वास्तविक जस्तै देखाउने छ ।

फिल्म सन् २०१३ मा मंगल ग्रहमा लञ्च गरिएको मंगलयानमा आधारित हुनेछ । रुस, अमेरिका र युरोपियन देशबाहेक भारत चौथो देश हो, जुन मंगल ग्रहमा पुगेको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ५ : ३४ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका