घुस लिएर प्रश्नपत्रमा नम्बर थप्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

घुस लिएर प्रश्नपत्रमा नम्बर थप्ने त्रिभुवन विश्वविद्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा गोल्ड मेडल ल्याउनका लागि अनुचित तरिकाले नम्बर थप्न लगाउने तथा थप्ने गरी ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

विभिन्न परीक्षार्थीबाट घुस लिएर मार्कसिटमा अंक थप गरिदिने त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालअन्तर्गत मानविकी संकायको गोप्य शाखाका अधिकृत रामबहादुर कर्माचार्यसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनबाट गोप्य शाखाका अधिकृत कर्माचार्यले भक्तपुरको दूधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा शिक्षण सहायक (आंशिक) मा कार्यरत सुरेन्द्र प्रसाद कोइरालाबाट १ लाख ५० हजार रुपैयाँ लिएर उनको मार्कसिटमा अंक थप गरिदिएका थिए ।

कोइरालाले अर्थशास्त्रबाट स्नातकोत्तर गर्दा गोल्ड मेडल (प्रथम श्रेणी) प्राप्त गर्ने उद्देश्य राखेर कर्माचार्यलाई १ लाख ५० हजार रुपैयाँ घुस दिएका थिए । कोइरालाले ग्रामिण विकास (रुरल डेभलपमेन्ट) विषयबाट प्रथम श्रेणीमा स्नातकोत्तर तह उत्तिर्ण गर्न पनि कर्माचार्यलाई घुस खुवाएका अख्तियारको छानबिनबाट देखिएको छ । कर्माचार्यसँगको मिलमतोमा कोइरालाले परीक्षा नै नदिइ समाजशास्त्र विषयमा समेत स्नातकोत्तर उत्तिर्ण पनि गरेको देखिएको छ ।

कर्माचार्यले कोइरालाले परीक्षा दिएका तथा नदिएका करिब १५ ओटा विषयको पेपरमा ३ देखि ५० नम्बरसम्म गरी २ सय २४ अंक थप गरेको अख्तियारको छानबिनबाट पत्ता लागेको छ ।

कर्माचार्यले कोइरालासँगै काठमाडौंको शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसका कामु प्रशासनिक अधिकृत केदार भट्टराईसँग पनि ३ लाख रुपैयाँ लिएर उनको पेपरमा अंक थप गरेको भेटिएको छ । अख्तियारका अनुसार कर्माचार्यले केदार भट्टराईको ५ ओटा पेपरमा १०–१० नम्बरका दरले ५० नम्बर थप गरेका छन् ।

अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गर्दै कर्माचार्यविरुद्ध ४ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै बिगोअनुसार जरिवाना र ३ वर्षसम्म कैद सजाय माग दावी गरेको छ । कर्माचार्यलाई घुस खुवाएर अंक थप्न लगाउने कोइरालाविरुद्ध पनि ४ लाख ५० हजार रुपैयाँ बिगो तथा बिगोअनुसारको जरिवाना र ३ वर्षसम्म कैद सजाय माग दावी गरेको छ । यस्तै, भट्टराईविरुद्ध भने ३ लाख रुपैयाँ बिगो तथा बिगो बराबर जरिवाना र ३ वर्ष कैद सजाय माग दावी गरेको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ५ : ४० बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक