बागलुङका बिरामीलाई पोर्चुगलबाट सहयोग « Khabarhub

बागलुङका बिरामीलाई पोर्चुगलबाट सहयोग


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङ समाज पोर्चुगलले बागलुङ जिल्लाका मिर्गौलापीडित र क्सान्सरपीडित बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ । समाजको पहलमा पोर्चुगलमा सङ्कलन भएको २ हजार ४ सय युरो अर्थात् २ लाख ९३ हजार २ सय ८० रुपैयाँ जिल्लाका तीन बिरामीलाई सहयोगस्वरुप प्रदान गरिएको समाजका अध्यक्ष प्रेम खड्काले जानकारी दिए ।

अर्थाभावका कारण उपचारमा समस्या भएको खबर प्राप्त भएपछि बिरामीको उपचार नरोकियोस् भन्ने उद्देश्यले रकम सङ्कलन गरेर सहयोग प्रदान गरिएको खड्काले बताए ।

खड्काका अनुसार जिल्लाको गल्कोट नगरपालिका नरेठाँटी निवासी मिर्गौलापीडित गमप्रसाद श्रीस, जिल्लाकै बडीगाड गाउँपालिका–१० निवासी क्यान्सरपीडित दलबहादुर बुढामगर र बागलुङ नगरपालिका तित्याङ निवासी क्यान्सरपीडित सपना खड्का खत्री गरी तीन बिरामीलाई ९७ हजार ७ सय ६० रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सहयोग रकम गैरआवासीय नेपाली सङ्घका पूर्वआइसीसी सदस्य तथा बागलुङ समाज पोर्चुगलका सल्लाहकार सूर्य हमालको टोलीले जिल्लामै पुगेर हस्तान्तरण गरेको उनले बताए ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ६ : ३१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले