दैनिक व्यायाम शारीरिक तथा मानसिक स्वास्थ्यका लागि राम्रो « Khabarhub

दैनिक व्यायाम शारीरिक तथा मानसिक स्वास्थ्यका लागि राम्रो


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गाउँले परिवेशमा रहेका मानिसको दैनिकी शारीरिक कामसँग बढी हुन्छ । त्यस्तै शहरीया परिवेशमा हुनेहरु मानसिक काममा बढी तल्लीन रहन्छन् । जहाँ रहेपनि सबैको दैनिकी व्यस्त छ । व्यस्तताकै कारण मानिसहरूको जीवनशैलीमा सन्तुलन कायम छैन । दैनिकी बिग्रिएको छ । यसको असर सोझै शारीरिक र मानसिक स्वास्थ्यमा पर्छ ।

स्मरण शक्ति कम हुँदै गइरहेको देखिन्छ । यो समस्याबाट मुक्ति पाउनका लागि नियमित रूपमा ३० मिनेट व्यायाम गर्नुपर्ने आवश्यकता एक अध्ययनले देखाएको छ ।

स्मरण शक्ति बढाउन व्यायाम

मानिसहरू नियमित व्यायाम गर्न सक्दैनन् । त्यसैले कुनै न कुनै बहाना बनाएर व्यायामलाई टारिदिन्छन् । तर, दैनिक ३० मिनेटको व्यायामले स्मरण शक्तिमा सुधार हुने निष्कर्ष हालै भएको एक अध्ययनले देखाएको छ । स्मरण शक्तिमा मात्र सुधार नभई यसले दिमागले काम गर्ने तरिकामा पनि परिवर्तन ल्याउन सक्छ ।

लगभग २ घन्टा ३० मिनेट नियमित व्यायाम गर्दा वृद्ध मस्तिष्क र शरीर स्वस्थ हुने निष्कर्ष पनि उक्त अध्ययनले देखाएको छ । न्यु युनिभर्सिटी अफ मेरिल्यान्डका अध्ययनकर्ताहरूले उक्त अध्ययन ५० देखि ५८ वर्ष उमेरका २६ जनालाई लिएर अध्ययन गरेका थिए ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएअनुसार ६० वर्षभन्दा बढी उमेरका १३ प्रतिशत मानिसमा कुनै कुरा याद गर्न खोज्दा याद आउँदैन । सेन्टरका अनुसार अहिले विश्वमा अल्जाइमरको खतरा बढिरहेको छ ।

त्यसैले व्यायाम गर्न अति आवश्यक भएको बताइएको छ ।६० देखि ७० वर्षको उमेरमा मस्तिष्कका कोषिका खुम्चिन थाल्छन् । त्यसैले ६० भन्दा बढी उमेरका १३ प्रतिशत मानिस बितेका कुरा सम्झन असमर्थ हुन्छन् ।

शोधकर्ताका अनुसार फरक–फरक समयमा फरक किसिमको सम्झना बन्ने गर्छन् । यी सबैलाई याद गर्नका लागि सबैभन्दा उत्तम उपाय भनेको व्यायाम नै हो ।

शारीरिक गतिविधिले मस्तिष्कमा सकारात्मक प्रभाव पार्छ । हार्वर्ड हेल्थ ब्लगका अनुसार नियमित व्यायामले मस्तिष्कको कोषिकामा सुरक्षात्मक प्रभाव पर्छ । यसले सोच्ने क्षमतामा पनि विकास हुन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ७ : ०२ बजे

ट्रम्प र सीबीच टेलिफोन वार्ता

काठमाडौं – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

नायिका गरिमा शर्मा अमेरिकामा, नेपालमा इन्गेजमेन्टको हल्ला चलेपछि गरिन् खण्डन

काठमाडौं- नेपाली कलाकारहरूबारे विभिन्न हल्लाहरु समयसमयमा आइरहन्छन्। कलाकार विभिन्न हल्लाको

जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ

काठमाडौं – जेनजी आन्दोलनका क्रममा कामठाडौं प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं