महाकालीमा पानीको बहाव उच्च, चार पांग्रे सवारीसाधन सञ्चालनमा रोक | Khabarhub Khabarhub

महाकालीमा पानीको बहाव उच्च, चार पांग्रे सवारीसाधन सञ्चालनमा रोक


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर–महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । पानीको बहाव बढेपछि नेपाल–भारत आवतजावत गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारीसाधान सञ्चालनमा रोक लगाएको छ ।

गएरातिदेखि वर्षा हुँदा महाकालीमा पानीको बहाव बढेको हो । बहाव बडेपछि विहीबार बिहानैदेखि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार पानीको बहाव बढ्दै गएको छ ।

गएरातिको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख २० हजार आठ सय क्युसेक पुगेको थियो । सवारीसाधन सञ्चालनमा रोक लगाएपछि यात्रु अलपत्र परेका छन् ।

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा वर्षा अत्यधिक हुँदा नदीमा पानीको बहाव बढ्दै गएको हो । पानीको बहाव नरोकिएका कारण स्थानीय प्रशासनले सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : १९ बजे

क्षिणी भारतमा बससँग ट्रक ठोक्किँदा २० जनाको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी – दक्षिणी भारतको तेलङ्गाना राज्यमा सोमबार बिहान भएको एक

प्रहरी महानिरीक्षक खापुङ्गद्वारा किरिया पुत्री भवन शिलान्यास

काठमाडौं– प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले नेपाल प्रहरी कल्याण कोषको कल्याणकारी

बेमौसमी वर्षाले गुल्मीमा ११ प्रतिशत धान नष्ट

तम्घास– यही कात्तिक १०, ११ र १२ गते परेको बेमौसमी

अफगानिस्तानमा भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

एजेन्सी – उत्तरी अफगानिस्तानमा आएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी

पाकिस्तानले आणविक हतियार परीक्षण गरेको ट्रम्पको खुलासा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान सक्रिय रूपमा आणविक हतियार