नदीमा हाम फोलेकी महिलाको उद्दार, छोरा–छोरीको भने ज्यान गयो « Khabarhub

नदीमा हाम फोलेकी महिलाको उद्दार, छोरा–छोरीको भने ज्यान गयो


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्दघाट– नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नारायणी नदीमा छोरा–छोरीसहित हाम फोलेकी महिलाको उद्दार गरिएको छ ।

उनका १ छोरा र १ छोरीको भने ज्यान गएको छ । नवलपरासीपश्चिम पाल्हिनन्दन गाउँपालिका–५ घर भएकी २४ सुधा विश्वाकर्माले छोरा–छोरीसहित नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका–७ स्थित ब्यारेजको पुलबाट नारायणी नदीमा हाम फोलेकी थिइन् ।

सुधाले २ वर्ष ६ महिनाका छोरा अभिनाथ र डेढ महिनाकी छोरी निकितासँगै नारायणीमा हाम फालेकी थिइन् ।

नदीमा हाम फालेकी सुधालाई स्थानीयले उद्दार गरे पनि उनका छोरा अभिनाथ र छोरी निकिताको भने ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले अहिले सुधालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार सुधाका श्रीमान् नेपाल प्रहरीमा कार्यरत छन् । हाल उनका श्रीमान प्रहरी युक्ती तालिम महाविद्यालय जर्गाहा, नवलपरासीमा कार्यरत रहेका बुझिएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ११ : ३९ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई