संसद बैठकमा सांसदको गुनासो– सभामुख महोदय एसी कहिले चल्छ ? | Khabarhub Khabarhub

संसद बैठकमा सांसदको गुनासो– सभामुख महोदय एसी कहिले चल्छ ?


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठकमा सांसदहरुले संसद भवनको एसी नचलेकोतर्फ सभामुखको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार बसेको संसद बैठकको शुन्य समयमा बोल्दै सांसद सुजता परियारले प्रतिनिधिसभा बैठक कक्षको एअर कण्डिसन बिग्रिएको भन्दै मर्मतका लागि निर्देशन दिन सभामुख कृष्णबहादुर महराको ध्यानाकर्षण गराइन् ।

‘सुनिन्छ एसिमा पानी छैन । पानी सकिएर एसि नचलेको । सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो कि ?’ सांसद परियारले बैठकमा भनिन्, ‘पानी पेट्रोल भन्दा महंगो भएको हो र ? ३–३ दिन सम्म पनि एसी बनाउन नसक्नु सरासर लापरवाही हो । त्यसैले सभामुखमार्फत तत्काल सम्बन्धीत निकायलाई निर्देशन होस भनि अनुरोध गर्न चाहन्छु ।’

बिहीबारको बैठकको शुन्य समयमा बोल्ने अन्य सांसदहरुले समसामयिक विषयमा सरकार तथा सदनको ध्यानकर्षण गराए । साथै संसदको शुन्य तथा विशेष उठेका विषयमा सरकार र सम्बन्धित मन्त्रीबाट सम्बोधन हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।

सांसद सिता देवी यादवले बाढी प्रभावितका लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्दै अबिलम्ब राहतको व्यवस्था गर्न माग गरिन् । यादवले शान्ति प्रक्रियाका १४ बर्ष पुगीसक्दा पनि पीडीतहरुले न्याय र परिपुरण नपाएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

सांसद सुदन किराँतिले स्थानीय तहमा कर्मचारी अभावले बजेट खर्च हुन नसकेको भन्दै तत्काल आवश्यक कर्मचारी पठाउने व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद किराँतीले भने, ‘जनताले तिरेको करबाट तलब खाने नेपाल सरकारको कर्मचारीलाई देशको कुना कन्दरामा छिटो पठाउनुपर्यो । होइन भने जागिरबाट २४ घण्टा भित्र बरखास्त गरेर हजारौं बेरोजगार युवाहरुलाई करारमा भर्ना गरेर देशलाई अगाडि बढाउनुपर्यो ।’

सांसद सुरेशचन्द्र दासले प्रतिनिधिसभा बैठकको शुन्य समय र विशेष समयमा उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीले दिनका लागि रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए ।

सांसद स्मृतिनारायण चौधरीले बाढी पहिरो र डुबानका कारण सबै भन्दा प्रदेश नम्बर २ प्रभावित भएकोले प्रभावितलाई उपयुक्त किसिमको राहत उपलब्ध गराउन सरकारसँग गरे ।

सांसद ज्ञान कुमारी छन्त्यालले साउन १८ गते राति मध्य पहाडी लोकमार्गको झण्डै २ सय मिटर सडक भत्किएका कारण सवारी साधन संचालनमा समस्या देखिएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ४ : २६ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ