युभेन्टसले डिबालालाई बेच्न मानेन, यो सिजन क्लबमै रहने | Khabarhub Khabarhub

युभेन्टसले डिबालालाई बेच्न मानेन, यो सिजन क्लबमै रहने


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युभेन्टसले आफ्ना फर्वाड खेलाडी पाउलो डिबालालाई यो सिजन क्लबमै राख्ने भएको छ ।

युरोपियन खेलाडी सरुवाको आज अन्तिम दिन युभेन्टसका स्टार खेलाडी पाउलो डिबाला पनि सरुवा बजारमा सामेल थिए । तर, कुरा नमिलेपछि युभेन्टसले यो सिजनमा नबेच्ने भन्दै उनलाई क्लबमै राख्ने निर्णय गरेको हो ।

२५ बर्षीय युवा खेलाडीलाई इंग्लिस क्लब टोटनह्यामले लिने तयारी गरेपनि युभेन्टसले अन्तिममा नबेच्ने घोषणा गरेपछि यो सिजनमा उनी युभेन्ट्समै रहने भएका हुन् ।

सन् २०१५ मा डिबाला युभेन्टसमा आबद्ध भएका थिए । उनलाई युभेन्टसले २३ मिलियन पाउण्डमा पालेर्मोबाट भित्र्याएको थियो । उनले गएको सिजनमा इटालीयन सिरी ए मा १० गोल गरेका थिए । अहिले युभेन्टसको मुख्य प्रशिक्षकमा चेल्सीका पूर्व प्रशिक्षक माउरिझियो सारी रहेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ५ : ०२ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने