‘रातो टीका निधारमा’ को गीतमा साम्राज्ञी र अंकितको रोमान्स (भिडियो) « Khabarhub

‘रातो टीका निधारमा’ को गीतमा साम्राज्ञी र अंकितको रोमान्स (भिडियो)


२३ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘रातो टीका निधारमा’ मा समावेश ‘मेरो के हो’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा फिल्मको गीत सार्वजनिक गरियो ।

सार्वजनिक गीतमा निशान भट्टाई र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । गीतमा रवि मल्लका शब्द रहेका छन् । गीतको भिडियोमा अशोक शर्माका छोरा अंकित खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेका छन् ।

प्रेमकथामा आधारित यो फिल्ममा अकिंत र साम्राज्ञीको रोमान्स सुहाएको छ ।

दशैँको अवसर पारेर रिलिज गरिने यो फिल्मले अझै प्रदर्शन मिति भने तोकेको छैन । अशोक शर्माको लेखन तथा निर्देशन रहेको यो फिल्ममा किरण शर्मा र कृति शर्माको लगानी छ ।

रिलिजअघि फिल्मले राम्रो हाइप बनाएको छ । यसअघि शर्माले निर्देशन गरेको फिल्म ‘जय भोले’ दशैँको अवसर पारेर रिलिज गरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार  ५ : ३४ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,