‘रातो टीका निधारमा’ को गीतमा साम्राज्ञी र अंकितको रोमान्स (भिडियो) « Khabarhub

‘रातो टीका निधारमा’ को गीतमा साम्राज्ञी र अंकितको रोमान्स (भिडियो)


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘रातो टीका निधारमा’ मा समावेश ‘मेरो के हो’ बोलको गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा फिल्मको गीत सार्वजनिक गरियो ।

सार्वजनिक गीतमा निशान भट्टाई र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । गीतमा रवि मल्लका शब्द रहेका छन् । गीतको भिडियोमा अशोक शर्माका छोरा अंकित खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेका छन् ।

प्रेमकथामा आधारित यो फिल्ममा अकिंत र साम्राज्ञीको रोमान्स सुहाएको छ ।

दशैँको अवसर पारेर रिलिज गरिने यो फिल्मले अझै प्रदर्शन मिति भने तोकेको छैन । अशोक शर्माको लेखन तथा निर्देशन रहेको यो फिल्ममा किरण शर्मा र कृति शर्माको लगानी छ ।

रिलिजअघि फिल्मले राम्रो हाइप बनाएको छ । यसअघि शर्माले निर्देशन गरेको फिल्म ‘जय भोले’ दशैँको अवसर पारेर रिलिज गरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ५ : ३४ बजे

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र