विकास निर्माणको काममा जुट्न मेयर शाक्यको आह्वान « Khabarhub

विकास निर्माणको काममा जुट्न मेयर शाक्यको आह्वान


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले विकास निर्माणको काममा जुट्न महानगरपालिकाबासीलाई आह्वान गरेका छन् ।

मेयर शाक्यले संघीयताविरोधि गतिविधि हुन नदिन पनि महानगरबासीलाई सचेत गराए । मातृभूमि महिला समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चुनावका बेला गरिएको सबै प्रतिवद्धता पूरा हुने गरी आफूले काम गरिरहेको दावी गरे । उनले महानगरबासीलाई मारमा पर्न नदिन चालू आर्थिक वर्षमा पनि करको दर नबढाइएको स्पष्ट पारे ।

मेयर शाक्यले काठमाडौं महानगरपालिकाले सम्पदा पुनर्निर्माण, हरियाली प्रवद्र्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाएको पनि बताए । ‘सम्पदाको पुनर्निर्माण, हरियाली प्रवद्र्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकता दिइएको छ,’ मेयर शाक्यको स्पष्टिकरण थियो, ‘महानगरबासीलाई दुःख नहोस् भनेर कुनै पनि क्षेत्रमा करको दर बढाएका छैनौं ।’

मेयर शाक्यले काठमाडौं महानगरपालिकालाई स्वच्छ, सुन्दर र हरियालीयुक्त बनाउन महानगरपालिकाका सबै जनप्रतिनिधिहरु लागि परेको दावी पनि गरे । उनले आफूले निर्वाचित गरेका जनप्रतिनिधिहरुलाई सचेत गराउने काममा लाग्न पनि महानगरबासीलाई आग्रह गरे ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ७ : ३७ बजे

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

डेङ्गु नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न निर्देशन

काठमाडौं – सरकारले यसवर्ष पनि गर्मीयाम सुरुसँगै डेङ्गुको उच्च जोखिम