इराकले बुझायो खाडी युद्धमा मारिएका कुवेतीको अवशेष | Khabarhub Khabarhub

इराकले बुझायो खाडी युद्धमा मारिएका कुवेतीको अवशेष


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुवेत सिटी– सन् १९९१ मा भएको खाडी युद्धका क्रममा हराइरहेका ४८ कुवेती नागरिकको अवशेष इराकले कुवेतलाई हस्तान्तरण गरेको छ ।

कुवेती झण्डा ओढाइएका काठका बाकसमा उनीहरुको अवशेष कुवेतसमक्ष हस्तान्तरण गरिएको हो । गत मार्च महिनामा समावा शहरभन्दा १७० किलोमिटर पश्चिममा फेला परेको सामूहिक चिहानमा उनीहरुको अवशेष फेला परेको र आवश्यक परीक्षण पछि उनीहरु कुवेती नागरिक भएको पुष्टि भएपछि कुवेतसमक्ष हस्तान्तरण गरिएको इराकी अधिकारीले जनाएका छन् ।

सन् २००३ मा अमेरिकाले इरकविरुद्ध आक्रमण गरी सद्दाम हुसैनलाई सत्ताच्यूत गरेपछि इराकले कुवेतसमक्ष कुवेती नागरिकको अवशेष हस्तान्तरण गरेको यो पहिलो घटना हो । इराक सरकारले खाडी युद्धमा हराइरहेका कुवेती नागरिकहरुको अवशेषको खोजी गरी त्यसलाई कुवेतसमक्ष हस्तान्तरण गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

सन् १९९१ मा इराकले कुवेतमा आक्रमण गरी ७ महिनासम्म कब्जा गरेको थियो । त्यसबेला कुवेतबाट ६ सय ५ जना बेपत्ता पारिएको कुवेतको भनाइ थियो । खाडी युद्धका क्रममा अमेरिकाले कुवेतको साथ लिई इराकविरुद्ध आक्रमण गरेपछि इराकले कुवेत छाड्नु परेको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ७ : ५१ बजे

स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण (तस्बिरहरू)

काठमाडौं– कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार

गोँगबु बसपार्कमा निःशुल्क इन्टरनेट सेवा शुभारम्भ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँबसपार्कमा निःशुल्क

व्यवस्थापन समिति अध्यक्षबाट विद्यालयभित्रै कुटिइन् प्रधानाध्यापक

सिन्धुपाल्चोक- जिल्लाको इन्द्रावती गाउँपालिकास्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीलाई

माओवादीसहित नौ दलको एकीकरण सभामा नेता-कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूको एकीकरण

फरमुल्ला मन्सुरको प्रस्ताव : गगन थापालाई कांग्रेस सभापति र भावी प्रधानमन्त्रीमा अघि सारौँ

काठमाडौं- नेपाली कांग्रेसका सह–महामन्त्री फरमुल्ला मन्सुरले पार्टीका महामन्त्री गगनकुमार थापालाई