प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कने « Khabarhub

प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कने


२३ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरमा स्वास्थ्य परीक्षण सकेर आइतबार स्वदेश फर्कने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन आर्यालले आइतबार अपराह्न प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए ।

‘शुक्रबार आउनुहुन्छ कि भन्ने थियो, तर स्वास्थ्य परीक्षण भइरहेको छ, चिकित्सकसँगको परामर्शपछि उहाँ आइतबार मात्रै आउनुहुन्छ’, डा अर्यालले भने । यसअघि प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भइरहेको छ । नियमित स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते उनी त्यसतर्फ गएका थिए ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार  ९ : ०२ बजे

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य

सीटीईभीटीको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त

काठमाडौं- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को एकेडेमिक

संसद्‍मा ज्वालाको माग- सम्पर्कविहीन रेवन्तको खोजी तीव्र बनाइयोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौला (ज्वाला) ले अछामको मंगलसेन

राष्ट्रियसभामा नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल सम्पन्न

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि समूहीकृत

कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन

विराटनगर– कोशी प्रदेशसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकको