महिला फुटबल टोलीले आज किर्गिस्तानको सामाना गर्दै « Khabarhub

महिला फुटबल टोलीले आज किर्गिस्तानको सामाना गर्दै


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–१३ औं दक्षिण एसियाली खेलकुदको तयारी स्वरुप नेपाली महिला फुटबल टोलीले किर्गिस्तानको सामना गर्दैछ ।

नादेज्दा कप फुटबलका लागि नेपाली महिला राष्ट्रिय टोलीले उद्घाटन खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

किर्गिस्तानको काराकोलस्थित रंगशालामा नेपाल र किर्गिस्तानको खेल दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ । लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गरेको किर्गिस्तान वरीयताबिहीन छ । तर १०१ औं वरीयतामा रहेको नेपालमाथि सहजै हावी हुन सक्छ ।
किनभने किर्गिस्तान युईएफए वुमन्स च्याम्पियन्स लिगमा प्रतिनिधित्व गर्ने एसियाका चारमध्ये एक टोली हो ।

प्रतियोगितामा उपाधि दावेदार उज्वेकिस्तान र ताजिकिस्तानसँग नेपालले राउन्ड रोविन प्रणाली अनुसार खेल्नेछ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ६ : ०७ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय