कीर्तिमानी २४ पटक ग्रान्ड स्लाम जित्नबाट चुकिन सेरेना « Khabarhub

कीर्तिमानी २४ पटक ग्रान्ड स्लाम जित्नबाट चुकिन सेरेना


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानाडाकी टिनएजर बियान्का एन्ड्रेस्क्यूले यस वर्षको युएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।

अमेरिकाको न्युयोर्कमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा घरेलु खेलाडी सेरेना विलियम्सलाई २–० को सोझो सेटमा हराउँदै एन्ड्रेस्क्युले उपाधि चुमेकी हुन् ।

सेरेनाविरुद्धको खेल एन्ड्रेस्कयूले ६–२ र ७–५ को सोझो सेटमा जितिन् । जितसँगै एन्ड्रेस्क्यूले करियरमा पहिलो ग्रान्ड स्लाम उपाधि हात पार्दा पराजित खेलाडी सेरेनाको भने किर्तिमानी २४ पटक ग्रान्ड स्लाम जित्ने सपना तुहिएको छ ।

युएस ओपन टेनिसको पुरुषतर्फ स्पेनका रफायल नदाल र रुसका डानिल मेदभेदेव उपाधिका लागि भिड्नेछन् ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : ०८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका