इंग्ल्याण्डको तेस्रो जित, कप्तान ह्यारी केनले गरे ह्याट्रिक « Khabarhub

इंग्ल्याण्डको तेस्रो जित, कप्तान ह्यारी केनले गरे ह्याट्रिक


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सन् २०२० मा आयोजना हुने युरो कप छनोटमा इंग्ल्याण्डले तेस्रो जित निकालेको छ ।

शनिबार राति भएको खेलमा इंग्ल्याण्डले बुल्गेरियालाई ४–० गोल अन्तरले हराउँदै तेस्रो जित निकालेको हो ।

इंग्ल्याण्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे । यस्तै रहिम स्ट्रर्लिङले एक गोल गरे । घरेलु मैदान वेम्बली स्टेडियममा पहिलो हाफमा एक गोल गरेको इंग्ल्याण्डले दोस्रो हाफमा थप तीन गोल गरेको हो ।

खेलको २४ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा पेनाल्टीमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई २–० को अग्रता दिलाए । ५५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्याण्डलाई ३–० को अग्रता दिलाएका थिए ।

खेलको ७३ औं मिनेटमा केनले पेनाल्टीमार्फत थप एक गोल गर्दै ह्याट्रिक पुरा गरे । इंग्ल्याण्ड ४–० ले विजयी भयो ।

जितसँगै समूह ‘ए’ को इंग्ल्याण्डले ३ खेलबाट ९ अंक जोडेको छ । इंग्ल्याण्ड तालिकाको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : २३ बजे

एमाले महाधिवेशनः यस्तो छ उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन– नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती

हामी सबै जुट्नेछौँ, हामी सबै जित्नेछौँ : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का नेता शंकर पोखरेलले पार्टी आन्दोलन र

काठमाडौं उपत्यकामा बढ्यो चिसाे (तस्बिरहरू) 

काठमाडौं– पुस महिना लागेसँगै काठमाडौं उपत्यका लगायत देशभरको तापक्रम घट्दो

कुलमान एक्सन : सिँचाइका २२ रुग्ण ठेक्का तोडियो

काठमाडौं –ठेक्का सम्झौता गर्ने तर काम नगरेर वषौंदेखि अलपत्र पारी