यूरोकप छनोटः सर्वियामाथि पोर्चुगलको सहज जित « Khabarhub

यूरोकप छनोटः सर्वियामाथि पोर्चुगलको सहज जित


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोर्चुगलले युरो कप छनोट फुटबलमा सर्वियामाथि शानदार जित हात पारेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली सर्वियालाई पोर्चुगलले ४–२ गोलअन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, विलियम कार्भाल्हो, गोन्कालो गुइडेस र बेर्नार्डो सिल्भाले समान १–१ गोल गरे ।  सर्वियाका लागि भने निकोला मिलेनकोभिच र एलेक्सजेन्डर मिट्रोभिचले गोल गरे ।

खेलको ४२औं मिनेटमा विलियमले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । समूह ‘बी’ मा रहेको पोर्चुगलले पहिलो हाफसम्ममा १–० गोलको अग्रता बनाएको थियो ।

दोस्रो हाफमा पोर्चुगलले तीन गोल थप्दा सर्वियाले दुई गोल फर्काउन सक्यो । खेलको ५८औं मिनेटमा गुएडेसले, ८०औं मिनेटमा रोनाल्डोले र ८६औं मिनेटमा सिल्भाले गोल गरेका थिए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ८ : ०० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय