राष्ट्रिय जागरण अभियानका लागि कांग्रेसले तोक्यो ३ प्रदेशमा प्रतिनिधि « Khabarhub

राष्ट्रिय जागरण अभियानका लागि कांग्रेसले तोक्यो ३ प्रदेशमा प्रतिनिधि


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिरुको नामावली सार्वजनिक गरेको छ ।

कांग्रेसले सुदूरपश्चिम, कर्णाली र प्रदेश नम्बर १ मा खटिने केन्द्रीय प्रतिनिधिहरुको नामावली सार्वजनि गरेको हो ।

कांग्रेसले सार्वजनिक गरेको ‘प्रथम सूची’मा हरेक जिल्लाका लागि २–२ जना केन्द्रीय प्रतिनिधि खटाइएको छ ।

सभापति शेरबहादुर देउवाको गृहजिल्ला सुदूरपश्चिमको डडेल्धुरामा कञ्चनपुरका अन्तराम भट्ट र बेलबहादुर रानालाई खटाइएको छ ।

सभापति देउवाकी पत्नी डा. आरजु राणा देउवा भने कञ्चनपुरमा खटिएकी छन् ।

कांग्रेसले यसअघि गत वैशाख २५ गतेदेखि जेठ २५ गते गरेर १ महिनासम्म पहिलो चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको थियो ।

दोस्रो चरणअन्तर्गत भदौ २४ देखि असोज ७ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

राष्ट्रिय जागरण अभियान सफल पार्न पूर्व जिल्ला सभापति, पूर्व सांसद, महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा परिचालन गरिएको शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ११ : २२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर