टीकापुर घटनाका सबै बन्दीहरुलाई अलिलम्ब रिहा गर्न माग « Khabarhub

टीकापुर घटनाका सबै बन्दीहरुलाई अलिलम्ब रिहा गर्न माग


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थारु कल्याणकारिणी सभाले ७ भदौ २०७२ मा भएको टीकापुर घटनापछि पक्राउ परेका नेता तथा कार्यकर्ताको अबिलम्ब रिहाइको माग गरेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापन पत्र बुझाउँदै सभाले सबै नेता तथा कार्यकर्ताको अबिलम्ब रिहाइको माग गरेको हो ।

२ भदौ २०७२ मा भएको घटना विशुद्ध राजनीतिक घटना भएकाले त्यसका समाधान पनि राजनीतिक सहमतिकै आधारमा गरिनुपर्ने सभाको माग छ ।

थारु कल्याणकारिणी सभाका अध्यक्ष धनिराम चौधरीले बुझाएको ज्ञापनपत्रमा ६ बुँदे माग प्रस्तुत गरिएको छ ।

६ बुँदे मागको पहिलो बुँदामै टीकापुर घटनाकासन्दर्भमा थारु नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दाहरु फिर्ता गरी अबिलम्ब रिहाइको माग गरिएको छ ।

सभाले स्थानीय तहमा कर्मचारी भर्ना गर्ने गरी लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गरी राज्यको हरेक अंगमा संवैधानिक व्यवस्थाअनुसार समानुपातिक समावेशी प्रतिनिधित्वको कार्यान्वयन हुनुपर्ने माग पनि गरेको छ ।

ज्ञापन पत्र बुझ्दै नेकपा अध्यक्ष प्रचण्डले थारुहरुका मागप्रति आफू सकरात्मक भएको बताए । सभाले उठाएका मागहरु सम्बोधनका विषयमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गर्ने प्रचण्डको भनाइ थियो ।

 

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १२ : २९ बजे

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा

आजको मौसम पूर्वानुमान : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने