यूएई नेपालको उर्जा क्षेत्रमा लगानी गर्न इच्छुक « Khabarhub

यूएई नेपालको उर्जा क्षेत्रमा लगानी गर्न इच्छुक


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र संयुक्त अरब इमिरेटस् (यूएई)का राजदूत सइद हम्दान अल नकीबीच भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय र आपसी सम्बन्धका विषयमा छलफल भएको थियो ।

छलफलमा मन्त्री पुनले नेपालको उर्जा क्षेत्रमा लगानीको लागि उपयुक्त वातावरण बनेको भन्दै यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गरिदिन आग्रह गरे । उनले दुई देशबीचको सम्बन्ध परापूर्व कालदेखि नै घनिष्ट रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझै सुमधुर भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

भेटमा राजदूत सइदले उर्जा क्षेत्रमा नेपालसँग काम गर्न यूएई इच्छुक रहेको धारणा व्यक्त गरे । उनले यूएईले पनि तेल र ग्यासको सट्टा उर्जामा ध्यान केन्द्रित गर्न लागेको जानकारी दिँदै नेपालमा पनि लगानीको लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

२४ औं विश्व उर्जा सम्मेलनमा भाग लिन यूएई भ्रमणमा जान लागेका मन्त्री पुनलाई राजदूत सइदले आईतबार सिंहदरबारस्थित उर्जामन्त्रालयमै पुगेर कार्यक्रम बारे जानकारी गराएका थिए ।

उर्जामन्त्री यूएई भ्रमणमा जाने

उर्जामन्त्री वर्षमान पुन यूएईको तीन दिने भ्रमणमा जाने भएका छन् । यूएईमा आयोजना हुन लागेको २४ औं विश्व उर्जा सम्मेलनमा भाग लिन मन्त्री पुन आईतबार साँझ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

सम्मेलनमा ७० मुलुकका उर्जामन्त्रीका साथै विश्वभरबाट ५ सयभन्दा बढी कम्पनीका कार्यकारी अधिकृत र २ सय ५० जना वक्ताहरु सहभागी हुने छन् ।

१ सय ५० देशको सहभागिता रहने उक्त सम्मेलनमा तेल, ग्यास, जलविद्युत, पूर्वाधार, उर्जा उत्पादन, वैकल्पिक उर्जा, नविकरणिय उर्जा र ग्रिड प्रविधिको बिषयमा छलफल हुनेछ ।

मन्त्री पुनले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । उनी भदौ २६ मा स्वदेश फर्कने कार्यक्रम रहेको प्रमुख स्वकिय सचिव दुर्गा चापागाइँले बताए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ४ : ३९ बजे

ड्युटीका प्रहरी जवान लडेर चलेको गोलीले उदयपुरमा मतपेटिका छेडियो

काठमाडौं- उदयपुरको कटारीस्थित एक मतदान केन्द्रमा प्रहरीको हतियारबाट गोली चल्दा

निर्वाचनबाट कांग्रेस ठूलो पार्टी हुने शेखरको दाबी

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेस

मतदानपछि रविले भावुक हुँदै भने – ‘गुड भाइव’ आएको छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो निर्वाचनको

प्रकाशचन्द्र लोहनीले गरे मतदान

काठमाडौं– प्रकाशचन्द्र लोहनीले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान गरेका छन्। लोहनीले लिखु

सुरक्षाकर्मी र कर्मचारीले पाएनन् मतदान गर्न : सहजीकरण भइरहेको आयोगको भनाइ

काठमाडौँ – आज प्रतिनिधि सभाको निर्वाचन भइरहेको छ। हरेक मतदातालाई