कर्णाली राजमार्ग अझै खुलेन « Khabarhub

कर्णाली राजमार्ग अझै खुलेन


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– शनिबार बिहानैदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग अझैँ खुल्न सकेको छैन । राजमार्ग अन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएर अवरुद्ध भएको सडक आजसम्म खुल्न सकेको छैन ।

शुक्रबार रातिको अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको हो । अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर लगाएर खुलाउने प्रयास भइरहेको जनाइएको छ ।

अवरुद्ध राजमार्ग खुलाउन दुई वटा डोजरले काम गरिरहेकाले आज रातिसम्म राजमार्ग खुल्ने जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीयाले बताए ।

राजमार्ग अवरुद्ध हुदाँ जुम्लाबाट सुर्खेत तथा नेपालगञ्जका लागि हिँडेका यात्रुु बाटोमा नै अलपत्र परेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ५ : ५० बजे

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप