किर्गिस्तानको पोस्टमा नेपालको ८ गोल « Khabarhub

किर्गिस्तानको पोस्टमा नेपालको ८ गोल


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा घरेलु टोलीमाथि सान्दार जीत हात पारेको छ । काराकोलस्थित केन्द्रीय रङ्गशालामा भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको हो ।

नेपालले मध्यान्तरअघिको खेलमा ६ गोल गरेको थियो । मध्यान्तरपछि नेपालले थप दुई गोल गर्‍यो । नेपालका लागि सावित्रा भण्डारी एक्लैले चार गोल गरिन् । अनिता बस्नेतले दुई तथा दीपा राई र कप्तान निरु थापाले एक–एक गोल गरेका थिए । सावित्राले खेलको तेस्रो, १५औँ, ३०औँ र ५३औँ मिनेटमा गोल गरेकी थिइन् ।

यस्तै अनिताले ३४औँ मिनेट तथा खेलको अन्तिम समयमा, दीपाले २५औँ मिनेटमा र निरुले खेलको ३७औँ मिनेटमा गोल गरेका थिए । नेपालले सोमबार उज्वेकिस्तानसँग खेल्नेछ । नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ७ : ०७ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय