राष्ट्रपतिद्वारा २ सय ३१ जनालाई विद्याभुषण “क” प्रदान « Khabarhub

राष्ट्रपतिद्वारा २ सय ३१ जनालाई विद्याभुषण “क” प्रदान


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको नेपाल विद्याभुषण ‘क’ पदकबाट २ सय ३१ जना सुशोभित भएका छन्। देश तथा विदेशका विश्वविद्यालयबाट विद्यावारिधि गरेकालाई राष्ट्रपति भण्डारीले आइतबार उक्त पदकबाट सम्मान गरेकी हुन्।

यस्तै ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक १ सय १ जनाले प्राप्त गरे। यस्तै ‘ग’श्रेणीको नेपाल विद्याभूषण पदकबाट ११, विभिन्न तहमा उत्कृष्ट छात्राले पाउने नेपाल छात्रा विद्याभूषण पदकबाट ३० छात्रा पुरस्कृत भएका छन्।

पदक प्राप्त गर्नेहरुलाई राष्ट्रपति विद्या भण्डारीले विशेष समारोहकाबीच शीतल निवासमा विभुषित गरिन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार यो वर्ष कूल ३७४ जनाले पदक प्राप्त गरेका छन्।

चालिसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतल निवासमा पदक वितरण समारोहको आयोजना गरेको थियो।

नेपालमा विसं २०३१ देखि शिक्षा दिवस मनाउन थालिएको हो। यस वर्षको शिक्षा दिवसको आदर्श वाक्य ‘हामी सबैको प्रण : सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण’ छ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १० : २८ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार