नेपालमा चार सय ५० दृष्टिविहीन शिक्षण पेशामा | Khabarhub Khabarhub

नेपालमा चार सय ५० दृष्टिविहीन शिक्षण पेशामा


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हाल चार सय ५० जना दृष्टिविहीन शिक्षण पेशामा आबद्ध रहेको एक तथ्यांकले देखाएको छ ।

एमजीपी नेक्स्टजेन नामक संस्थाका अनुसार ४२ जना दृष्टिविहीन सरकारी सेवामा छन् भने एक सयभन्दा बढी विभिन्न क्षेत्रमा कार्यरत छन् ।

दृष्टिविहीनहरुका क्षमता प्रस्फुटन गराउने उद्देश्यले राजधानीमा आयोजित एक कार्यक्रममा शिक्षा र अवसर पाएको खण्डमा उनीहरु पनि आत्मनिर्भर बन्न सक्ने भन्दै शिक्षाको सहज पहुँचमा सबैले जोड दिए ।

नेपालमा हाल ९४ हजारभन्दा बढी व्यक्तिहरु दृष्टिविहीन भएपनि उनीहरु गरिबी, शिक्षा, रोजगार अभावका कारण पछाडी पर्दै आएका छन् ।कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत दृष्टिविहीनहरुले आफ्ना प्रस्तुतीहरु राखेका थिए ।

दृष्टिविहीनहरुले पनि शिक्षा र अवसर पाए भने आत्मनिर्भर हुन सक्छन् भन्ने सन्देश दिन कार्यक्रमको आयोजना गरेको ‘सेन्सिङ द वन्डरफुल वल्र्ड यु सि’ की संरक्षक साराह गिरीले बताइन् ।

सहभागीहरुले दृष्टिविहीनलाई ब्रेललिपीको माध्यमबाट शिक्षा दिएर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव, वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र उद्योगी विनोद चौधरीलगायतका विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ८ : ०१ बजे

सदनको अवरोध आइतबार बिहानसम्म खुल्ने प्रधानमन्त्रीको दाबी 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध भोलि बिहानसम्म खुल्ने

कांग्रेसको दाबी : समिति बनाउन प्रधानमन्त्री तयार, सत्तापक्षसँग छलफल गर्ने 

काठमाडौं– नेपाली कांग्रेसले संसद्‌मा उठाएको गृहमन्त्री रवि लामिछानेमाथिको छानबिन समिति

कांग्रेससँग छलफल सकेर प्रधानमन्त्री पेरिसडाँडामा 

काठमाडौं– सदन खुलाउने विषयमा कांग्रेस नेताहरूसँग छलफल गरेर प्रधानमन्त्री कोटेश्वर

मधेस प्रदेशमा साना दल ‘निर्णायक’ हुँदा ठूला दल निरीह

जनकपुरधाम — मधेश प्रदेश सरकारबाट हटेका नेकपा (माओवादी केन्द्र) र

आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले