'बिपी भएको भए राजनीतिलाई यस्तो विकृत अवस्थामा आउन दिनुहुन्नथ्यो' | Khabarhub Khabarhub

‘बिपी भएको भए राजनीतिलाई यस्तो विकृत अवस्थामा आउन दिनुहुन्नथ्यो’


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको डायरी लोकार्पण गरिएको छ । विसं २००८ देखि २०१३ सम्मको मुलुकको सङ्क्रमणकालीन राजनीतिक अवस्थामा बिपी कोइरालाद्वारा लेखिएको ‘बिपी कोइरालाको डायरी’ को आइतबार एक कार्यक्रमकाबीच लोकार्पण गरिएको हो।

डायरी लोकार्पण गर्दै उनका सुपुत्र एवं काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले डायरीमा तत्कालीन नेपालको सङ्क्रमणकालीन राजनीतिका साथै भारतसँगको सम्बन्धका विविध पक्षको जानकारी रहेको बताए ।

महामन्त्री डा कोइरालाले बिपीले आफूलाई जुन क्षेत्रको अध्ययन गरे पनि उत्कृष्ट बन्ने प्रयास गर्नुपर्छ भनेको स्मरण गर्दै बिपीले पनि अन्तिम समयसम्म प्रजातन्त्र पुनःस्थापनाका लागि प्रयास गरेको उल्लेख गरे । बिपीले सदैव ‘ठूलो मान्छेभन्दा पनि असल मान्छे बन्नुपर्छ’ भन्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “अहिले बिपी भएको भए राजनीतिलाई यस्तो विकृत अवस्थामा आउन दिनुहुन्नथ्यो, उहाँको प्रेरणा र विचारलाई आत्मसात गर्दै हामीले राजनीतिलाई सफा र निष्कलङ्क बनाउनुपर्छ ।”

कार्यक्रममा काङ्ग्रेस नेता एवं पूर्वमन्त्री नरहरि आचार्यले बिपीको राजनीतिमा सक्रियता बढेका बेला उक्त डायरी लेखिएको बताउँदै तत्कालीन सङ्क्रमणकालीन अवस्था र अहिलेको राजनीतिक अवस्था काङ्ग्रेसका लागि तुलना गर्न मिल्ने खालको रहेको धारणा व्यक्त गरे ।

काङ्ग्रेस नेता डा शेखर कोइरालाले अहिले मुलुकको राष्ट्रियता कमजोर भएको तथा प्रजातन्त्र, गणतन्त्र र सङ्घीयतामाथि खतरा देखिएको अवस्थामा काङ्ग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताउँदै इतिहासबाट पाठ सिकेर अघि बढेमात्र मुलुकको भविष्य उज्वल हुने बताए ।

कार्यक्रममा ‘नेपाली काङ्ग्रेसको इतिहासको प्रारुप’का लेखकका पुरुषोत्तम बस्नेत एवं ‘लोकतन्त्र र समाजवाद’ पुस्तकका लेखक शोभाकर पराजुलीले आ–आफ्ना पुस्तकका बारेमा परिचर्चा गरे ।

यसैगरी पत्रकार चन्द्रकिशोर झा, शिखा बुक्सका पुष्प पौडेल, अनुवादक महेश पौड्याल लगायतले बिपीको डायरी राजनीति र साहित्यानुरागीका लागि निकै उपयोगी हुनुका साथै तत्कालीन डायरीमा इतिहासको जानकारीसमेत रहेको धारणा व्यक्त गरेका थिए ।

यो डायरी सङ्क्षिप्त भए पनि यसले नेपालको अधिकांश भाग र भारतका दिल्ली बम्बई, कोलकात्ता, पटना, बनारस, दार्जलिङलगायत स्थलबाट त्यसबेलाको नेपालको राजनीतिलाई प्रभावित पार्ने घटना र पात्रलाई समेटेको छ ।

साथै विसं २०१२ को अन्त्यतिर बिपीले हालको गण्डकी प्रदेशका अधिकांश जिल्लाको एक महिना लामो भ्रमण गरेका र भ्रमणमा काङ्ग्रेस सभापति सुर्वण शम्शेर र कुनैबेला महामन्त्री रहेका तुलसी गिरी, विश्वबन्धु थापासमेत साथमा रहेको उक्त डायरीले जनाउँछ ।

बिपीले अङ्ग्रेजीमा लेख्नुभएको उक्त डायरी पदमबहादुर थापाले परिवारबाट सङ्कलन गरी सम्पादन गरेका हुन् भने महेश पौडेलले नेपालीमा अनुवाद गरेका हुन् । डायरीको प्रकाशक शिखा बुक्स, काठमाडौँ रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  १० : १५ बजे

वैकल्पिक विकास वित्त विधेयकमाथिको दफावार छलफल सकियो

काठमाडौं – ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्यु, पाँच घाइते

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर

क्यानडा नेपालको भरपर्दो मित्र हो : राजदूत पौड्याल

काठमाडौं – क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडा नेपालको

धनराज भन्छन्- राजनीतिमा स्वच्छ प्रतिस्पर्धा नहुँदा गणतन्त्र धरापमा पर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राजनीतिमा स्वच्छ प्रतिस्पर्धा हुन

उड्ने कार प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने 

काठमाडौं– मंगलबार (भदौ ३ गते) बाट नाडा अटो शो २०२५