पशु बलिविरुद्ध बौद्धधर्मावलम्बीको न्युङ्ने ब्रत « Khabarhub

पशु बलिविरुद्ध बौद्धधर्मावलम्बीको न्युङ्ने ब्रत


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहुसङ्ख्यक हिन्दू धर्मावलम्बी पशुबलि दिएर दशैँ मनाइरहेका बेला बौद्धधर्मावलम्बी भने फूलपातीदेखि गुम्बाहरुमा न्युङ्ने अर्थात् मौन ब्रत बसिरहेका छन् ।

उनीहरु दशैँमा बलि दिइएका प्राणीहरुको आत्माको शान्तिको कामना गर्दै मौन व्रत बसेका हुन् । दशैंमा बलि दिइएका पशुपक्षीको आत्माको शान्तिका लागि बौद्धधर्मावलम्बीले मौन ब्रत बसी धादिङका १९ गुम्बामा ध्यान गरिरहेको लामा गुरु कर्मदोर्जे लामा बताए ।

जीवनमा जानी वा नजानी गरिएका कुकर्म र पापबाट मुक्त हुने विश्वासका साथ बौद्धधर्मावलम्बी न्युङ्ने व्रत बस्ने चलन रहेको छ । ङ्युङ्ने व्रत मनलाई शान्त र धैर्य हुन सिकाउने एक किसिमको ध्यान अर्थात् उपसना हो । बौद्ध धर्मावलम्बी विभिन्न समयमा न्युङ्ने व्रत बस्छन् ।

दशैँमा बस्ने न्युङने व्रतको भने छुट्टै महत्व रहेको लामाको भनाइ छ । पहिले पहिले गुम्बामा लामागुरुहरु मात्र न्युङ्ने ब्रत बस्ने गर्थे तर हिजोआज युवा र बालबालिका पनि उत्सुकताका साथ न्युङ्ने बसिरहेका छन् । न्युङ्ने बस्दा आफूले चाहेको कामना पूरा हुने र परिवारमा समेत सुखशान्ति हुने विश्वास रहेको १० वर्षीय सबुत तामाङको भनाइ छ ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ७ : २१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा