कृष्णनगर सीमानाका १८ घन्टाका लागि बन्द गरिने | Khabarhub Khabarhub

कृष्णनगर सीमानाका १८ घन्टाका लागि बन्द गरिने


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– बडादशैंको दुर्गा विसर्जनलाई लिएर दुई देशका नागरिकबीच हुने विवादलाई मध्यनजर गर्दै कृष्णनगर सीमानाका १८ घण्टाका लागि बन्द गरिने भएको छ ।

कपिलवस्तुको कृष्णनगर–बढनी सीमानाका मंगलबार मध्याह्न १२ बजेदेखि बुधबार बिहान ६ बजेसम्मका लागि बन्द हुने भएको हो ।

दुर्गामूर्ति विर्सजन एकै दिन परेकाले शान्ति–सुरक्षाका लागि १८ घन्टा सीमा बन्द हुने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

गत वर्ष दुई देशका समुदायबीच मूर्ति विर्सजनको विषयलाई लिएर ठूलो विवाद पर्नुका साथै झडपको स्थितिसमेत सिर्जना भएको थियो । सोही कारण यसवर्ष स्थानीय प्रशासनले १८ घन्टाका लागि सीमा नाका बन्द गराउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ८ : १९ बजे

गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो

गोरखा – जिल्लाको गोरखा नगरपालिका-१० छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटिएको

कांग्रेस संसदीय दलको बैठक : आगामी बजेटबारे छलफल

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलमा आगामी आर्थिक वर्ष २०८२-८३ को

काठमाडौंमा ‘कन्टिन्युइङ मेडिकल एजुकेसन प्रोग्राम’ सम्पन्न 

काठमाडौं– भारतको प्रतिष्ठित बीएलके म्याक्स सुपर स्पेशलिटी हस्पिटलद्वारा काठमाडौंमा आयोजित

अछामबाट भीम रावललाई प्रचण्डको सन्देश : अरु ठाउँ किन भौतारिनु हुन्छ ? आउनुस् सहकार्य गरौं

धनगढी – यतिबेला नेकपा माओवादी केन्द्र मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण