अस्पतालमा दशैं मनाउने डाक्टर भन्छन्–आफ्ना लागि आशिर्वादभन्दा बिरामीको मुस्कान नै ठूलो « Khabarhub

अस्पतालमा दशैं मनाउने डाक्टर भन्छन्–आफ्ना लागि आशिर्वादभन्दा बिरामीको मुस्कान नै ठूलो


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालीहरुको महानपर्व दशैंकालागि सरकारले फुलपातीदेखि एकादशीसम्म सार्वजनिक विदा घोषणा गरेको छ । दशैंको समयमा सबै कार्यलयहरु बन्द हुन्छन् ।

अस्पतालका आकस्मिक सेवाविभाग र वार्डहरु भने सुचारु रहन्छ । दशैंको समयमा अस्पतालले सबै चिकित्सकलाई विदा दिदैन । दशैंको समयमा पनि अस्पतालमा चिकित्सक र नर्सहरु बिरामीको सेवामा खटिनुपर्ने हुन्छ ।

दशैं सबैको चाड हो, चिकित्सकहरुले दशै नमान्ने होइनन् तर बिरामीको उपचार गर्नुपर्ने बाध्यताकाकारण उनीहरु दशैमा घर र आफन्तकोमानगइ अस्पतालमै ड्युटी गर्छन् ।

उनीहरुका लागि आफ्ना ठूलावडाका आर्शिवाद भन्दा बिरामीको सेवा नै ठूलो र महत्वपूर्ण लाग्छ । दशैको समयमा ड्युटी गर्नुपर्दा शुरुका वर्षहरुमा नरमाइलो लागेपनि धेरै वर्षहरु दशै अस्पतालमै हुने भएपछि बानी परेको कान्तिबाल अस्पतालका डाक्टर विष्णुरथ गिरी बताउँछन् ।

‘शुरुका वर्षहरुमा त नरमाइलो लाग्थ्यो, अहिले त बानी बरिसक्यो, हामी डाक्टरले अरुले जसरी दशै मनाउँन पाइदैन भनेर हाम्रो दिमागले पनि तयारी गरिसक्यो,’ डा.गिरी भन्छन्, ‘अहिले त कन्सल्टेन्ट डाक्टर भए, पहिला पहिला त दशैं–तिहार नै अस्पतालमै हुनुपथ्र्यो अहिले त बिहान बेलुका ड्युटी मिलाएर घरमै पनि दशै बनाउने समय हुन्छ ।’

डा.गिरीले यसपालीको दशै बिहानको समयमा वर्डामा बिरामी हेरेर दिउँसोको समयमा टिका लगाउने योजना बनाएका छन् ।

‘यसपालीको दशैमा विहानको समयमा बिरामी हेरेर, दिउँसोमा टिका लगाउने योजना बनाएको छु,’ डा गिरीले भने, ‘मेरो ड्युटी वार्डका बिरामी हेर्ने भएकाले बिरामीको जाँच गरेर टीकाको साइत भेट्नु कि भन्ने आशा छ ।’

डा.गिरीले आकस्मिक सेवामा ड्युटी पर्दा अधिल्ला वर्षहरुमा भने टीका नै लगाउन नपाएको अनुभव छ ।

‘अघिल्ला ३ वर्षजति मेरो आकस्मिक सेवामा पनि ड्युटी थियो, त्यो समयमा छ मैले टिका लगाउनै पाएको थिइन, एकपटक टीकाको दिन दिनभरी बिरामी जाँचेर राति घर पुगेर टीका लगाएको छु,’ डा.गिरी भन्छन्, ‘अन्यव्यक्तिले जस्तो घर, मामली, ससुराली सबैतिर टिका लगाउन जानै पाइँदैन ।’

दशैंको समयमा टीका लगाउन सबै आफन्तको जान नपाए पनि डा.गिरीलाई दुःख लाग्दैन । उनी भन्छन्, ‘टिका लगाउन पाइएन भनेर सोच्ने फुर्सद पनि पाइदैन । दशैंको समयमा जटिल बिरामीहरु मात्रै आउँछन्,’ डा.गिरीले भने, ‘हामीले धर्म गर्न मन्दिर गएर दान गर्न पर्दैन, हाम्रो लागि मान्यजनको आशिर्वाद भन्दा ठूलो बिरामीको मुस्कान नै हो । त्यस मै हामी खुसी हुन्छौं ।’

१५ वर्ष अघिदेखि वीर अस्पतालमा कार्यरत डाक्टर भुपेन्द्र बस्नेतले पनि धेरै दशैं अस्पताल मै बिताएका छन् ।

पुर्खौली घर मोरङ भएका बस्नेतलाई दशैंमा ड्युटी पर्दा नरमाइलो भने लाग्दैन ।

‘हामी स्वास्थ्यकर्मी भएपछि चाडपर्वमा सार्वजनिक विदा भएपनि छुट्टि पाइदैन, लामो समय विदा नपाइने अत्यावश्यक पर्‍यो भने अस्पताल दौडिनुपर्छ, त्यसैले म काठमाडौं मै दशैं मनाउँछु,’ डा.बस्नेत भन्छन्, ‘मन त हुन्छ तर आकस्मिक बिरामी परेका बिरामीलाई उपचार गर्न अस्पताल पुग्नुपर्छ । त्यसैले विदा नै भए पनि आनन्दसँग खाएर, पीएर दशैं मनाउन पाइएको छैन ।’

राष्ट्रिय ट्रमा सेन्टर डाक्टर कुलदिप ज्योशीको दशैंको टीकाकै दिन अस्पतालमा ड्युटी छ । उनीबिहान घरमै टीका लगाएपछि ड्युटी गर्ने योजनामा छन् ।

‘मेडिकल फिल्डमा लागेपछि दशैं भनेर अस्पताल आउँदिन भन्न मिल्दैन, हाम्रो टिमवर्क हुन्छ, मेरो घर यही भएकाले पनि टाढाका साथीहरुलाई घर पठाउनुपर्छ,’ डा.ज्योशी भन्छन्, ‘ बिहान टीका लगाएर ड्युटी आउछु, अरुले जस्तो आफन्तको टीका लगाउने, रमाइलो गर्न भ्याउँदिन, दशै समयमा विभिन्न कारणले दुर्घटनाका बिरामीहरु झन् धेरै आउँछन्, अस्पतालमा धेरै व्यस्त भइन्छ ।’

आफु डाक्टर भएपछि बिरामीको सेवा गर्नु पर्दा नराम्रो नलाग्ने उनी बताउँछन् ।

‘अरुले जस्तो टीका लगाएर पिङ खेल्न जाने, साथीहरुसँग रमाइलो गर्ने फुर्सद हुँदैन, आफ्नो प्रोफेसन यस्तै भएपछि यसमै सन्तुष्ट हुनुपर्छ,’ डा.ज्योशी भन्छन्, ‘अस्पतालमा दशैंमा रमाइलो गरिएन भनेर सोच्ने फुर्सद हुँदैन ।’

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  १२ : ३४ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको