थारु बस्तीमा सखिया नाँचको रौनक (फोटोफिचर) « Khabarhub

थारु बस्तीमा सखिया नाँचको रौनक (फोटोफिचर)


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिनेश विष्ट

कैलाली– पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले सखिया नाँचको रौनक छ । प्रायः हरेक थारु गाउँमा दशैँमा सखिया नाँच नाचिन्छ । सखिया नाँच नभएको गाउँ सुनसान र दशैँ नआएको जस्तो महशुस हुने गरेको थारु अगुवाको बुझाइ छ ।

दशैँको टीका होस् कि शुभकामना आदानप्रदान गर्ने कार्यक्रम होस् सबै ठाउँमा थारु युवतीको छमछमी नाँचले गाउँघरको परिवेश नै बेग्लै भएको छ ।

ढिक्री पुज्ने ढिक्रहवा र टीकाका दिन थारु युवतीले रातभरि सखिया नाँच नाच्ने गर्छन् । प्रायः पुरुषले मादल बजाउने र युवतीले नाँच्ने प्रचलन थारु गाउँमा हुन्छ ।

रंगीविरंगी थारु पहिरन लगाएर छमछमी नाच्ने सखिया नाचको महत्वले दशैँको गरिमालाई समेत बढाउने गर्छ । मादलको तालमा नाचिने नचनिया कम्मर मर्‍काई मर्‍काई नाच्ने गर्छन् ।

थारु समुदायको सखिया नाचको आकर्षणले आन्तरिक तथा बाह्य पर्यटकसमेत थारु गाउँबस्तीमा पुग्ने गर्छन् । थारु सांस्कृतिक कार्यक्रमले पर्यटकलाई गाउँबस्तीसम्म तान्ने गर्छ । यसले थारु गाउँको मात्र हैन त्यहाँको जनजीवन नै गौरवान्वित हुने गर्दछ ।

दशैँमा थारु समुदायले सामूहिकरुपमा टीका ग्रहण गर्ने परम्परा रहेको कैलारी गाउँपालिकाका चन्तु देवी चौधरी बताउँछन् ।

सखिया नाँच नाच्दै अभिभावकसँग सामूहिक टीका ग्रहण गरेर एकापसमा रमाएर थारु समुदायले दशैँ मनाउने गर्छन् । दशैँले एकअर्काको सम्बन्धलाई जोड्ने र मायालाई अटुटरुपमा कायम राख्ने विश्वास गरिन्छ ।

थारु गाउँबस्तीमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन शुरु भए पनि त्यसले नाचको रुप भने दशैँमा पाउँछ । गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन छ ।

दशैँका बेला घर घरमा गएर नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने विश्वास रहेको बताउँछन् कैलारीकै भइयाराम चौधरी ।

प्रायःसाँझको खाना खाएपछि भलमन्साको घरमा जम्मा भएर सामूहिकरुपमा सखिया नाच्ने प्रचलन छ । थारु समुदाय कृषि काममा व्यस्त रहने समुदाय भएकाले दिनभरि घरको काम गर्ने र साँझको फुर्सदको समयमा सखिया नाच नाच्ने गर्छन् ।

आउने पिंढिलाई आफ्नो संस्कृतीप्रति लगाब बढाउन पनि यस्ता कार्यक्रमले टेवा पुग्ने उनिहरुको विश्वास छ ।

आफ्नो संस्कृतीको जगेर्नासंगै आपसी भाइचारा बढाउन थारु समुदायमा दशैँ धुमधामका साथ मनाउने गरिन्छ । अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारु समुदायले नवमीबाटै जमरा लगाउने चलन छ ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  १० : २६ बजे

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ

सरकारको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत २२ सय बढीले पाए निःशुल्क उपचार सेवा

काठमाडौँ– सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा

डोजरले भत्कायो भरोसा, बाढीले डुबायो बास : होल्डिङ सेन्टर छोडेर कोठा खोज्दै सुकुम्वासी

काठमाडौँ – थापाथलीगायत बागमती र मनोहरा नदी किनारका १९ सुकुम्वासी

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिइ लगातार

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी