हरिबोधनी एकादशी : यसरी गर्नुहोस् तुलसी विवाह « Khabarhub

हरिबोधनी एकादशी : यसरी गर्नुहोस् तुलसी विवाह


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कार्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरि मनाइन्छ । यसलाई हरिबोधिनी एकादशी भनिन्छ ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन उठ्नुभएको कुरा पुराणहरूमा उल्लेख गरिएको छ।

यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा यस दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताइन्छ ।

तुलसी शुद्धता तथा पवित्रताको रुपमा परिचित छ। यसका अनेकौ औषधीय गुणहरुले पनि तुलसी हिन्दु तथा अन्य धर्मावलम्भीहरु माझ परिचित छ। हिन्दुग्रन्थहरुमा तुलसीलाइ देवी लक्ष्मीको अवतार भनेर विश्वास गरिन्छ । कतिपय हिन्दु अनुयायीहरुमा तुलसीको मन्जरी अति आवश्यक मानिन्छ । खाना खानु अघि मन्जरीलाई खानामा हाली भगवानलाई भोग लगाउने चलन छ।

प्रत्येक वर्ष शुक्लपक्षको एघारौं दिनमा हिन्दु धर्माल्वाम्भीहरुले तुलसीको विवाह भव्यताकासाथ मनाउने चलन छ जसलाई हरिवोधनी वा प्रबोधिनी एकादशी भनिन्छ ।

तुलसी विवाहको महत्व

हरिवोधनी एकादशीको दिन भगवान विष्णु योग निद्राबाट बाहिर आउँछन् । उनीसंगै सबै देवताहरुले पनि योग निद्रा त्याग गरिदिन्छन् । उक्त दिन भगवान विष्णुको पूजा गरिन्छ । त्यसपछि भगवान शालिग्राम तथा तुलसीको विवाह गरिन्छ । यही दिनदेखि नै विवाह, मुण्डन, व्रतबन्ध जस्ता मांगलिक कार्यहरुको समेत थालनी हुन्छ ।

तुलसी विवाहको फाइदा:-
१) तुलसी विवाह पूजाले परिवारमा भइरहेका कुनै पनि अवरोध र दुर्भाग्यहरूलाई हटाउन सहयोग गर्दछ।
२)अविवाहित महिलाहरुले राम्रो वर पाउने योग बन्ने गर्छ ।
३) तुलसीको कन्यादान गर्दा निसन्तान दम्पतीहरुले विशेष आशिष् पाउने गर्छन ।
४) तुलसी विवाह पूजाले घरमा खुशी समृद्धि र धन ल्याउने गर्दछ।
५) पूजा गर्नाले अविवाहित व्यक्तिहरूको लागि विवाहको सम्भावना बढ्ने गर्दछ।

तुलसी विवाह कसरी गर्ने ?

एकादशीको साँझ तुलसीको विरुवाको गमलालाई गेरु आदिबाट सजाउनु पर्छ । त्यसपछि गमलाको चारैतिर मण्डप बनाएर त्यसमाथि दुलहीले लगाउने घुम्टी आकारको वस्त्र (चुनरी) ओढाउनु पर्छ । गमलालाई साडीमा बेरेर तुलसीलाई चुरा लगाइदिएर श्रृंगार समेत गरिदिनु पर्छ ।

त्यसपछि भगवान गणेश आदि देवताहरुको तथा शालिग्रामको विधिवत रुपमा पूजा गरेर तुलसीलाई षोडशोपचार पूजा ‘तुलस्यै नमः’ मन्त्रमार्फत गर्नु पर्दछ ।

त्यसपछि एउटा नरिवल, दक्षिणाका साथ टीकाको रुपमा राख्नु पर्छ र भगवान शालिग्रामको मूर्तिको सिंहासन हातमा लिएर तुलसीको मोठलाई सात पटक परिक्रमना गराउनु पर्छ र आरती पश्चात विवाहोत्सव पूरा गर्नुपर्छ ।

तुलसी विवाहमा हिन्दू विवाह जस्तै गरी सबै कार्य सम्पन्न गरिन्छ । विवाहको समय मंगल गीत पनि गाइन्छ । श्रीहरि विष्णुलाई एक पत्र तुलसी समर्पित गर्नाले बैकुण्ठ लोक प्राप्त हुने धार्मिक मान्यता छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ६ : ३८ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित