रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित « Khabarhub

रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका पाल्पाका दुई उद्यमी सम्मानित भएका छन् । १२औँ उद्योग दिवसका अवसर पारेर घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जिल्लाका सफल उद्यमीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।

जिल्लामा उद्यमशीलता, उत्पादन र रोजगारी सिर्जनामा योगदान पुर्याएका तानसेन नगरपालिका–४ का पौड्याल ढाका उद्योगका सञ्चालक मनोजराज शर्मा पौड्याल र रामपुर नगरपालिका–६ स्थित कृष्ण उन्नत भैँसी विकास तथा बीउबिजन उत्पादन स्रोत केन्द्रका सञ्चालक कृष्णकुमार अर्याललाई उत्कृष्ट उद्यमीका रूपमा सम्मानित गरिएको हो । घरेलु कार्यालयका वरिष्ठ उद्योग अधिकृत सुनारका अनुसार, उनीहरुलाई जनही ३५ हजार नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायातमन्त्री भण्डारीलाल अहिर, प्रदेशसभा सदस्यद्वय वीरबहादुर राना र खेमबहादुर सारु तथा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका वरिष्ठ उद्योग अधिकृत केशवबहादुर सुनारले उनीहरूलाई सम्मान गरेका हुन् ।

रामपुरका अर्यालले दुई दशकदेखि गाईभैँसीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका छन् । पशुपालनलाई आयआर्जन र रोजगारीको माध्यम बनाएका उनले अहिले आफ्नो फार्ममा उन्नत जातका ५० वटा गाईभैँसी पालेका छन् । उनको फार्ममा चार जनाले नियमित रोजगारी पाएका छन् । कामको चापअनुसार थप १० देखि २० जनासम्मले रोजगारी पाएका छन् ।

पशुपालनबाटै परिवारको आर्थिक अवस्था सुधार गर्न सफल अर्यालले यही व्यवसायको आम्दानीबाट छोरालाई एमबीबीएस चिकित्सक र छोरीलाई बीएन नर्सिङ अध्ययन गराउन सकेको बताए । व्यवसायबाट आर्थिक आत्मनिर्भरता मात्र नभई सामाजिक प्रतिष्ठा प्राप्त भएको उनको भनाइ छ ।

यता, पाल्पाको मौलिक पहिचानसँग जोडिएको ढाका उद्योगको संरक्षण र प्रवद्र्धनमा पौड्यालको योगदान छ । उनले विगत ४० वर्षदेखि तानसेनमा पौड्याल ढाका उद्योग सञ्चालन गर्दै आएका छन् । उनको उद्योगमा ४० जनाले नियमित रोजगारी पाएका छन् । त्यसमा अधिकांश महिला छन् । ढाका कपडामा प्रयोग हुने बुट्टा र नयाँ डिजाइन आफैँ तयार गर्दै आएका पौड्यालले स्थानीय सीप र कलालाई उद्योगसँग जोडेर व्यवसाय विस्तार गरिरहेका छन् ।

सरकारले उद्योगमैत्री वातावरण निर्माण गरी आवश्यक सहयोग गर्न सके ढाका उद्योगमार्फत सयौँलाई रोजगारी दिन सकिने उनको विश्वास छ ।

उद्योग दिवसका अवसरमा सम्मानित यी दुई उद्यमीका कथा केवल व्यक्तिगत सफलताका उदाहरण मात्र होइनन्, स्थानीय उत्पादनलाई प्रोत्साहन, परम्परागत सीपको संरक्षण र गाउँमै रोजगारी सिर्जना गर्न सकिने सम्भावनाका दृष्टान्त पनि हुन् ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ८ : १२ बजे

इलामको पशुपतिनगरबाट अवैध सामान तथा चौपाया बरामद

इलाम– सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु

रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बनेका पाल्पाका उद्यमी सम्मानित

पाल्पा– निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा

उत्कृष्ट उद्यमी सम्मानित

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा

लुम्बिनीमा विश्वशान्ति ध्यानमय पदयात्रा

रूपन्देही– विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित पोखराबाट

‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

म्याग्दी– चर्चित नेपाली साङ्गीतिक समूह ‘नेपथ्य’ले बुधबार साँझ म्याग्दीको सदरमुकाम