युनाइटेड युरोपा लिगको अन्तिम ३२ मा प्रवेश « Khabarhub

युनाइटेड युरोपा लिगको अन्तिम ३२ मा प्रवेश


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्यान्चेष्टर युनाईटेड युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ ।

बिहीबार समूह एलको खेलमा सर्वियन क्लब पार्टिजन बेलग्रेडलाई ३–० गोल अन्तरले हराउँदै युनाईटेड नकआउट प्रवेशको टुङ्गो लागेको हो ।

युनाईटेडलाई जित दिलाउन ग्रिनउड, एन्थोनी मार्टियल र रासफोर्डले गोल गरे । खेलमा अग्रता युनाईटेडले ग्रिनउडको गोलबाट २१ औ मिनेटमा लिएको थियो ।

मार्टियलले ३३ औ मिनेटमा युनाईटेडको अग्रतालाई दोब्बर बनाएका थिए । मार्कुस रासफोर्डले ४९ औ मिनेटमा गोल गर्दै युनाईटेडलाई ३–० को शानदार जित दिलाएका थिए ।

समूह एलमा शीर्ष स्थानको युनाईटेड ४ खेलबाट १० अंक जोड्यो । उसले तेस्रो स्थानको पार्टिजन बेलग्रेडसंग ६ अंकको अग्रता लियो । लिगमा अब दुई चरणका खेलमात्र बाँकी छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ६ : ५२ बजे

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको