भारतले बंगलादेशलाई ८ विकेटले हरायो « Khabarhub

भारतले बंगलादेशलाई ८ विकेटले हरायो


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरेलु टोली भारतले बंगलादेशविरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा ८ विकेटको जीत निकालेको छ ।

राजकोटमा बिहिबार राति भएको खेलमा भारतले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो ।

बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्य भारतले १५ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतको जीतमा कप्तान रोहित शर्माले ८५ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । यस्तै शिखर धवनले ३१ रन बनाए ।

श्रेयस आयर २४ रनमा अविजित रहदा लोकेश राहुल ८ रनमा अविजित रहे । बंगलादेशका इमुनुल इस्लामले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो ।

बंगलादेशको लागि मोहमद नाइमले ३६ रन बनाए । यस्तै कप्तान महमदउल्लाह र सौम्य सरकारले समान ३०/३० रन जोडे । लिटोण दास २९ रनमा आउट भए ।

भारतका युजभेन्द्र चाहलले २ विकेट लिए । जितसँगै भारतले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो टी-ट्वान्टीमा भने बंगलादेशले ७ विकेटको जित निकालेको थियो ।

अब अन्तिम तथा निर्णायक टी-ट्वान्टी आइतबार नागपुरमा हुनेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ७ : ०५ बजे

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको