के साधु बन्न मुक्तिनाथ पुगेका हुन् त पूर्वयुवराज पारस ? | Khabarhub Khabarhub

के साधु बन्न मुक्तिनाथ पुगेका हुन् त पूर्वयुवराज पारस ?


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व युवराज पारस शाह मुक्तिनाथ पुगेर मन्दिरमा पूजा अर्चना गरेका छन् । साथीहरुसँग मुक्तिनाथ पुगेका उनले मुक्तिनाथमा विधि पुर्‍याएरै पूजा अर्चना गरेका हुन् ।

उनका सार्वजनिक तस्वीले त्यस्तै देखाउँछ । मुक्तिनाथ मन्दिर परिसरमा रहेका धाराहरुमा समेत उनी चाेखिए । धाराहरुमा उनले टाउको पखालेका छन्।

मन्दिर पुग्दा निकै आध्यात्मिक बनेका उनी मन्दिर परिसरमा रहेका ध्वजा पतकामा शिर निहुराउँदै कुनै ठूलो भाकल माग्दै गरेको मुद्रामा देखिए ।

अन्नपूर्ण बेसक्याम्पमा रमाइलो पछि उनको टोली मुस्ताङ गएको हो । म्याग्दी हुँदै गत बुधवार दिउँसो उनी मुस्ताङ पुगेको बताइएको छ । पारससँग नाम जोडिएकी मोडल तथा भिजे सोनिका रोकाया पनि त्यहाँ पुगेको जनाइएको छ ।

युट्युवर सोनिकासँगको सम्बन्धलाई लिएर पछिल्लो समय उनको आलोचना हुने गरेको छ । यसअघि खबरहबसँग पूर्वयुवराज पारसले भनेका थिए– ‘मलाई राजा बन्नु छैन, मोटरसाइकलमा हिँड्दा के को लाज ? अब साधु बन्छु ।’

मुक्तिनाथ पुगेर धार्मिक मुद्रामा देखिएका पारस कतै साधु बन्नकै लागि त्यहाँ पुगेका त होइनन् ? यस विषयमा समेत चर्चा पाएको छ ।

पारसले गरेका विभिन्न हर्कतका कारण घरपरिवार आजित छन् । पारसलाई श्रीमती हिमानीले पनि डिभोर्स दिने तयारी गरेको निर्मल निवास स्रोतको दाबी छ ।  पारसको आनीबानीका कारण छोराछोरीलाई पनि उनीबाट टाढा राखिएको छ ।

यो पनि पढौं
खबरहबसँग पूर्वयुवराज पारसले भने– मलाई राजा बन्नु छैन, मोटरसाइकलमा हिँड्दा के को लाज ?  अब साधु बन्छु

पूर्वयुवराज पारसको युट्युबर सोनिकासँग हिमचिम: भन्छिन् – उहाँलाई कसैले गाली गर्दा मलाई दुख्छ

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ८ : ३३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र