काठमाडौं- पूर्व युवराज पारस शाह मुक्तिनाथ पुगेर मन्दिरमा पूजा अर्चना गरेका छन् । साथीहरुसँग मुक्तिनाथ पुगेका उनले मुक्तिनाथमा विधि पुर्याएरै पूजा अर्चना गरेका हुन् ।
उनका सार्वजनिक तस्वीले त्यस्तै देखाउँछ । मुक्तिनाथ मन्दिर परिसरमा रहेका धाराहरुमा समेत उनी चाेखिए । धाराहरुमा उनले टाउको पखालेका छन्।
मन्दिर पुग्दा निकै आध्यात्मिक बनेका उनी मन्दिर परिसरमा रहेका ध्वजा पतकामा शिर निहुराउँदै कुनै ठूलो भाकल माग्दै गरेको मुद्रामा देखिए ।
अन्नपूर्ण बेसक्याम्पमा रमाइलो पछि उनको टोली मुस्ताङ गएको हो । म्याग्दी हुँदै गत बुधवार दिउँसो उनी मुस्ताङ पुगेको बताइएको छ । पारससँग नाम जोडिएकी मोडल तथा भिजे सोनिका रोकाया पनि त्यहाँ पुगेको जनाइएको छ ।
युट्युवर सोनिकासँगको सम्बन्धलाई लिएर पछिल्लो समय उनको आलोचना हुने गरेको छ । यसअघि खबरहबसँग पूर्वयुवराज पारसले भनेका थिए– ‘मलाई राजा बन्नु छैन, मोटरसाइकलमा हिँड्दा के को लाज ? अब साधु बन्छु ।’
मुक्तिनाथ पुगेर धार्मिक मुद्रामा देखिएका पारस कतै साधु बन्नकै लागि त्यहाँ पुगेका त होइनन् ? यस विषयमा समेत चर्चा पाएको छ ।
पारसले गरेका विभिन्न हर्कतका कारण घरपरिवार आजित छन् । पारसलाई श्रीमती हिमानीले पनि डिभोर्स दिने तयारी गरेको निर्मल निवास स्रोतको दाबी छ । पारसको आनीबानीका कारण छोराछोरीलाई पनि उनीबाट टाढा राखिएको छ ।
यो पनि पढौं
खबरहबसँग पूर्वयुवराज पारसले भने– मलाई राजा बन्नु छैन, मोटरसाइकलमा हिँड्दा के को लाज ? अब साधु बन्छु
पूर्वयुवराज पारसको युट्युबर सोनिकासँग हिमचिम: भन्छिन् – उहाँलाई कसैले गाली गर्दा मलाई दुख्छ
प्रतिक्रिया