ट्रम्पमाथि महाअभियोग अनुसन्धानको सुनुवाइ अब टेलिभिजनबाट प्रत्यक्ष « Khabarhub

ट्रम्पमाथि महाअभियोग अनुसन्धानको सुनुवाइ अब टेलिभिजनबाट प्रत्यक्ष


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने विषयमा भइरहेको अनुसन्धानको सार्वजनिक सुनुवाइ  हुने भएको छ ।

अहिले सम्म गोप्यरुपमा हुँदै आएको सुनुवाइ आउँदो हप्ताबाट सार्वजनिक रुपमै सुनुवाइ हुने भएको हो ।

अमेरिकी तल्लो सदनका समितिले ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गर्दै आएका छन् ।

ट्रम्पमाथिको महाअभियोगको अनुसन्धानको सुनुवाइ अब टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ ।  सार्वजनिक रुपमा हुने सुनुवाइ विदेश मन्त्रालयका तीन अधिकारी सहभागी हुने छन् ।

तीन संसदीय समितिमा रहेका सांसदहरुले अहिलेसम्म प्रत्यक्षदर्शी वा घटनाबारे जानकार रहेका अधिकारीहरुसँग बन्द कक्षमा जानकारी लिँदै आएका थिए ।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगको टेलिफोन संवादमा पूर्व उपराष्ट्रपति जो बाइडेन तथा उनका पुत्र हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न दबाब दिएको खुलेको छ ।

उनले त्यसो नगरे सैन्य सहयोग रोक्ने चेतावनी पनि दिएको आरोप छ । ट्रम्पले भने आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ९ : २१ बजे

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको