कोशीमा लोपोन्मुख प्रजातिको गोही मरेको भेटियो « Khabarhub

कोशीमा लोपोन्मुख प्रजातिको गोही मरेको भेटियो


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको भारदहस्थित कोशी ब्यारेजमा लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको छ ।

सप्तरीको हनुमाननगर कङकालनी नगरपालिका–१ भारदहस्थित कोशी ब्यारेजमा नदीले बगाएर ल्याएको लगभग ७० किलोको पाँच फिट लामो देखिने लोपोन्मुख प्रजातिको मरेको गोही भेटिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

कोशी नदीमा मरेको अवस्थामा गोही फेला परेपछि स्थानीयवासीले देखेर इलाका प्रहरी कार्यालय भारदहका प्रहरीलाई खबर गरेका थिए । मरेको अवस्थामा भेटिएको गोहीलाई कोशीटप्पु वन्यजन्तु आरक्ष पश्चिम कुशाहाको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

यसैबीच चार महिनाको अवधिमा सप्तरी जिल्लाका विभिन्न नदी, पोखरीहरुमा करीब पाँचवटा अजिङ्गर (गोही) फेलापरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १२ : १५ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित