एमसीसीसँग नेपाल २ सय ८ रनले पराजित « Khabarhub

एमसीसीसँग नेपाल २ सय ८ रनले पराजित


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । काठमाडौंमा भएको पहिलो श्रेणीको तीन दिवसिय खेलमा नेपाली टोली पाहुना टोलीसँग २०८ रनले पराजित भएको छ ।

३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपाली टोली ४०.३ ओभरमा १सय८४ रनमा अल आउट हुँदा एमसीसीले फराकिलो जित हात पारेको हो । तीन दिवसिय खेलमा नेपाली ब्याट्सम्यान चल्न नसक्दा निकै निराशाजनक नतिजा व्यहोरेको हो ।

टस हारेर ब्याटिङ गरेको एमसीसीले पहिलो इनिङ्समा सबै विकेट गुमाएर ३६४ रन जोड्न सफल भएको थियो । यता नेपालले भने आफ्नो पहिलो इनिङ्समा १सय५३ रनमा अल आउट हुन पुगेको थियो ।

नेपाललाई २सय११ रनले लिड गरेको एमसीसीले दोस्रो इनिङमा ६ विकेट गुमाएर १सय८१ रन जोड्दै कुन ३सय ९२ रन बनाएपछि नेपालले ३सय९३ रनको लक्ष्य पाएको थियो ।

लक्ष्य पछ्याएको नेपालका लागि सोमपाल कामीले ५१ रन, राजु रिजाल, सन्दीप लामिछाने २५ रन बताए भने करण केसीले १८ रन, आरिफ शेखले १९ रन र शरद भेषवकरले १९ रन बनाए ।

नेपालका ब्याट्सम्यान चल्न नसक्दा नेपाली टोलीले फराकिलो हार व्यहोरेको छ ।

नेपाली टोलीले १४ बर्षपछि पहिलो पटक पहिलो श्रेणीको क्रिकेट खेलेको थियो । अब नेपालले शनिबार एमसीसीसँग टि–२० खेल्नेछ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  २ : ५९ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट