महिला फुटबलमा व्यवस्थापकको ‘खेलवाड’, टीमसँगै रहनुपर्ने लामा काठमाडौंमै ‘व्यस्त’ | Khabarhub Khabarhub

महिला फुटबलमा व्यवस्थापकको ‘खेलवाड’, टीमसँगै रहनुपर्ने लामा काठमाडौंमै ‘व्यस्त’



काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) मा पारदर्शीता र विकेन्द्रीकरणका कुरा जोरैले सुनिन्छन् । तर, त्यहिँ भित्र भइरहेको अपारदर्शीता बारेमा वर्तमान कार्य समितिले खासै चाँसो देखाउन सकेको छैन ।

केही समय अगाडि इरानमा सम्पन्न दुई प्रतियोगितामा खेलाडी छनोटलाई लिएर खेल क्षेत्रमा प्रश्न उठेको थियो । यू–१६ एएफसी च्याम्पियनसिप छनोट र एएफसी फुटसल च्याम्पियनसिप कपमा खेल्ने नेपाली टोलीमा प्रारम्भिक छनोटमै नरहेका खेलाडी टोलीमा परेर इरान पुगे ।

त्यहाँ पुगेमात्रै होइन खेले पनि । तर, यी दुवै विषय बाहिर आए र त्यतिकै सेलाए पनि । फेरि यतिबेला एक अर्काे अपारदर्शी काम एन्फामा भएको छ । राष्ट्रिय महिला फुटबल टोलीको व्यवस्थापकको जिम्मेबारीमा रहेकी पेमा डोल्मा लामा एन्फाको पछिल्लो विवादको कारण बनेकी छिन् ।

कुनै पनि टोलीको व्यवस्थापक भइसकेपछि उनले टोलीसँगै रहेर काम गर्नु पर्ने हुन्छ । तर, लामाले त्यसो गरिनन् । उनी महिला टोली पोखरामा हुँदा पनि काठमाडौंमै रहिन् । भदौ ७ गतेबाट पोखरामा अभ्यास थालेको महिला टोलीसँग उनी कमै दिनमात्रै पोखरामा रहिन् ।

टिमसँग भन्दा पनि धेरै समय काठमाडौंमै बसेको आरोप उनीमाथि लागेको छ । व्यवस्थापकको जिम्मेवारी त्यो टोलीका खेलाडीले कसरी बसे ? के गरे ? कस्तो मैदानमा खेले ? कहाँ बसे देखि कहाँ कहाँ गए ? जानकारी राख्नु र त्यसको व्यवस्थापन गर्नु हुन्छ । तर, उनी त्यसबाट टाढा रहेको एन्फा स्रोतले बतायो ।

उनी काठमाडौंमै बसेपछि महिला टोलीको सम्पूर्ण काम महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नै निभाउनु पर्यो ।

व्यवस्थापकसहित ३५ जनाको टोली पोखरामा हुनु पथ्र्यो । तर, त्यसो हुन सकेन । ३४ जना मात्रै भदौ ७ गतेदेखि पोखरामा रहे । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग)को तयारीका लागि टोली अहिले पोखरामा अभ्यास गरिरहेको छ ।

पछिल्लो समय महिला फुटबल टोलीको प्रदर्शन तुलनात्मक रुपमा राम्रो भइरहेको छ । मैदानमा खेलाडीले राम्रो गरेपनि टोलीको नेतृत्व गरिरहेका व्यवस्थापक गैर जिम्मेवार भएपछि फुटबलमा वेथिति र विसंगति मौलाउने एन्फा स्रोतको दाबी छ ।

‘महिला टोलीले पोखरामा अभ्यास गरिरहँदा उनी काठमाडौंमा रहिन् । कसको परामर्शमा उनी काठमाडौं आइन् ? व्यवस्थापकले टोलीसँगै बसेर काम गर्नु पर्छ,’ नाम नबताउने शर्तमा श्रोतले भन्यो,‘अब आज खेलाडी छनोटको दिन आज बिहान मात्रै उनी पोखरा पुगिन् । यसविषयमा एन्फा र राखेप स्वयम पनि अनभिज्ञ रहनु ठिक होइन । नैतिक रुपमा आफैले पनि जान्नु पर्छ कि व्यवस्थापक भइसकेपछि टोलीसँगै रहनु पर्छ ।’
यता, लामा भने आफु महिला टोलीकै कामले काठमाडौं पोखरा आउने जाने काम धेरै भएको दाबी गर्छिन् ।

त्यतिमात्रै होइन्, उनले आफु पोखरामा बसेरमात्रै सबै काम नहुने भएपछि काठमाडौं आउ जाउँ गरिरहनु परेको बताइन् ।

‘मेरो काठमाडौं आउ जाउँ परिरहन्छ । मलाई धेरैले पोखरामा बस पनि भन्नुहुन्छ । तर, म त्यहाँ बस्दा खेलाडीका लागि आवश्यक पर्ने सामाग्रीहरु उपलब्ध हुँदैन्,’ व्यवस्थापक लामाले भनिन्,‘खेलाडीलाई अभ्यास गर भनेर मात्रै भएन । उनीहरुलाई आवश्यक पर्ने किट्स पनि उपलब्ध गराउनु पर्छ । त्यसैले सामान ल्याउनु पर्ने भएकाले काठमाडौं बस्नु परेको हो ।’

मुख्य प्रशिक्षक हरि खड्कासँगको सल्लाहमै आफु काठमाडौं बसेको लामाले बताइन् । लामा एन्फाको महिला समितिकी सचिव हुन् । उनी पछिल्लो एक बर्षमा किर्गिस्तानमा महिला टोलीले मैत्रिपूर्ण खेल खेल्दा पनि टोलीकी व्यवस्थापकमा थिइन् ।

एन्फाका प्रवक्ता किरण राईभने काम विषेश बाहेक टिम व्यवस्थापकले टिमसँगै बस्नु पर्ने बताउँछन् ।

‘पेमा जिको हकमा केहो मलाई थाहा भएन् । तर, उहाँ काम विषेशले नै बस्नु भयाे हाेला,’ राईले भने ।

टिमको तयारी राम्रो भएको छ – हरि खड्का

महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले टोलीको अभ्यास राम्रो भएको बताएका छन् । साउन १६ देखि काठमाडौं र भदौ ७ देखि पोखरामा अभ्यास थालेको महिला टोली १३ औं संस्करणको दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने लक्ष्यमा रहेको छ ।

सागको अभ्यासमा रहँदा महिला टोलीले किर्गिस्तानमा नादेझ्दा कप खेलेको थियो । उक्त प्रतियोगितामा नेपाली महिला टोली उपविजेता भएको थियो ।

साग खेल्ने तयारीमा रहेका खेलाडीहरु स्वर्ण जित्ने लक्ष्यसहित उत्साहित रहेको प्रशिक्षक खड्का बताउँछन् । ‘सागमा स्वर्ण जित्ने लक्ष्य हो । तर, विपक्षीहरु पनि राम्रै तयारी गरिरहेका छन्,’ प्रशिक्षक खड्काले अझै मैत्रिपूर्ण खेलका लागि छलफल भइरहेको समेत बताए ।

‘अस्ति किर्गिस्तानमा उपविजेता भयौं । अब अझै एक अथवा दुई मैत्रिपूर्ण खेलका लागि प्रयास गरिरहेका छौं,’ मुख्य प्रशिक्षक खड्काले भने ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ५ : ३६ बजे

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित

पर्यटककाे रोजाइमा भोजपुरको ‘डाग्बुङ पदमार्ग’

भोजपुर- रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा

जिपिएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीईभीटी

चितवन- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले एसइईमा प्राप्त