अढाइ दशकपछि भारतद्वारा नहर निर्माणको थालनी « Khabarhub

अढाइ दशकपछि भारतद्वारा नहर निर्माणको थालनी


२२ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेपाल–भारत सिमानाको कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका स्थानीय गगनसिंह कार्की भारतले सिँचाइको मूल नहर जोड्नका लागि खाली गर्दै गरेको वनको जमीन क्षेत्रमा भेटिए ।

एकीकृत महाकाली सन्धी भएको अढाइ दशकपछि भारतले सम्झौताअनुसार नेपालको सिमानासम्म एक हजार २०० मिटर मूल नहर र महाकाली नदीमा हेड रेगुलेटर बनाउन अग्रसरता देखाएको छ । भारतले आफ्नो भूमि पर्ने क्षेत्रमा बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माणका लागि सर्वे भएको करीब १८ वर्ष भइसकेको बताउँदै स्थानीयवासी कार्कीले नहरमा पानी बग्नेमा आफू ढुक्क नभएको बताए ।

“सर्वे भएको ठाउँभन्दा केही मिटर दक्षिणतर्फ भारतले नहर निर्माणका लागि ठेक्का दिएर वन क्षेत्र खाली गराएर काम थालेको छ”,उनले भने “नहर सर्वेभन्दा तल सार्नुको अर्थ अहिल्यै थाहा हुँदैन ।” एक दशकअघि सोही क्षेत्रको नेपाली भूमिबाट महाकाली सिँचाइ आयोजना तेस्रो चरणले मूल निर्माण थालेको थियो ।

करीब १३ किलोमिटर मूल नहर बने पनि शाखा नहर बनाउने र सिँचाइका लागि किसानको खेतमा पानी पु¥याउने योजना भने अझै नदेखिएको कार्कीको भनाइ छ । यहाँस्थित महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले १८ महिनामा सक्ने गरी भारतीय पक्षले एक हजार २०० मिटर नहर र नहरको हेडरेगुलेटर निर्माणको थालनी गरेको बताए ।

“एक हजार २०० मिटर भूमिमा वन परेकाले त्यहाँको स्वामित्व लिएर नहर खन्न भारतीय प्रक्रियागत कारणले ढिलाइ भएको भारतीय एनएचपिसीको भनाइ छ”, निर्देशक थापाले भने “अब नहर निर्माण हुनेमा आशङ्का गर्नुहुन्न ।” यसअघि पनि भारतीय पक्षले नहर निर्माणका लागि ठेक्का आह्वान गरे पनि प्राविधिक कारण देखाउँदै ठेक्का प्रक्रिया रद्द गरेको थियो ।

मटेनादेखि कैलालीको मालाखेतीसम्म १५१ किलोमिटर मूल नहरको दोस्रो चरणमा हाल १५ किलोमिटर निर्माणाधीन अवस्थामा छ । कञ्चनपुर र कैलालीको ३३ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य रहे पनि निर्माणको गति भने सुस्त छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ५ : २८ बजे

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।

धुलिखेल खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो